इटहरीमा सट्टेबाजी खेल खेलाउने तीन जना पक्राउ

IMG-20250226-WA0295

इटहरी: इटहरीमा सट्टेबाजी खेल खेलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी २० का ३० वर्षीय रञ्जित भनिने राजेन्द्र थापा मगर, इटहरी ४ का ३२ वर्षीय सरोज कार्की र इटहरी ९ का ४१ वर्षीय अमित भनिने किरण श्रेष्ठ रहेका छन्।
इटहरी ६ संगीत चोकमा रहेको इडिङ्गो होटलमा बसेर विद्युतीय सट्टेबाजी खेलाउने तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। यद्यपि, उनीहरूलाई बुधबार मात्रै सार्वजनिक गरेको हो।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement