लुटपाट गर्नुअघि नै तीन अपराधीलाई पुलिसले पक्राउ गरयो 

IMG-20250226-WA0250

सिलगढी: पुलिसले लुटपाट गर्नुअघि नै तीन अपराधीलाई पक्राउ गरेको छ। यी व्यक्तिहरूले लुटपाट गर्ने योजना बनाएका थिए तर स्रोतबाट प्राप्त जानकारीका आधारमा प्रहरीले तीनैलाई पक्राउ गरेको हो।  फुलबारीका विभिन्न क्षेत्रमा एकपछि अर्को चोरीका घटना भइरहेका छन्। चोरीका घटनाले पुलिस प्रशासन चिन्तित छ।  जसका कारण पुलिसले फुलबारी क्षेत्रमा थप निगरानी सुरु गरेको छ।मङ्गलबार राति गस्तीको क्रममा एनजेपी थानाको सादा पोशाकका पुलिसकर्मीले तीन जनालाई हतियारसहित पक्राउ गरेको छ। कश्मीर कालोनीको एउटा मैदरानबाट कालिङ्गिनी निवासी महबुब आलाम, कश्मीर कालोनी निवासी सायन मालाकार र नौकाघाट निवासी बसन्तकुमार रोयलाई पुलिसले पक्राउ गरेको छ। उनीहरुको साथबाट धारिलो हतियार सहित केही अरू हतियार बरामद भएको छ।पक्राउ परेकाहरूलाई बुधबार जलपाईगुडी अदालतमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement