उत्तर दिनाजपुर: इस्लामपुर साइबर अपराध शाखाका पुलिसले नक्कली सिमकार्ड काण्डमा संलग्न दुई जनालाई हिरासतमा लिएको छ।
इस्लामपुर जिल्ला पुलिसका डीएसपी डीएनटी सोम शुभ्रो कापरीले नक्कली सिमकार्डको घटनाबारे इस्लामपुर पुलिस चौकीमा पत्रकार सम्मेलन गरे।
यस घटनामा इस्लामपुर साइबर अपराध शाखाले इस्लामपुर थानाको दारिविट र काशीबाड़ी इलाकाबाट दुई जना अभियुक्तलाई हिरासतमा लिएको उनले बताए।
उजुरी परेपछि पुलिसले अनुसन्धान शुरु गरी दारिविट क्षेत्रका गोपालकुमार सरकार र र काशीबाड़ी इलाकाबाट शार्जुल हकलाई पक्राउ गरेकाे उनले जनाए।
पक्राउ परेकाहरुबाट पुलिसले १५ वटा नक्कली सिमकार्ड बरामद गरेको छ।
पक्राउ परेकाहरुसँग सोधपुछ गरेर थप जानकारी पाउन सक्ने उनको भनाइ छ।