ईश्वरीय विद्यालयको ८९औँ त्रिमूर्ति शिवजयन्तीमा निकालियाे शोभायात्रा

IMG-20250226-WA0223

जलपाईगुडी: प्रजापिता ब्रह्मा कुमारी केन्द्रद्वारा ८९औँ त्रिमूर्ति शिवजयन्ती महोत्सव भव्यताका साथ मनाइयो।
विश्व शान्तिको कामना गर्न बुधबार बिहान जलपाईगुडी शहरमा रंगारंग शोभायात्रा निकालिएको थियो।
जलपाईगुडी शिल्प समितिज पारास्थित ब्रह्मा कुमारी केन्द्रमा आज बिहान योग ध्यान र शिवबाबाको ध्वजारोहणकाे साथ यो दिवास मनाइयो।

यस रंगारंग शोभायात्रामा हल्दीबाडी, जलपाईगुडी लगायत वरपरका विभिन्न क्षेत्रबाट सयभन्दा बढीको सहभागिता रहेको थियो।
यस कार्यक्रममा जलपाईगुडी नगरपालिकाको वार्ड १८ का पार्षद उत्तम बोस विशेष अतिथिको रूपमा उपस्थित थिए।
शिवको झण्डा फहराएर कार्यक्रमको शुरुवात भएको थियो भने शिव र पार्वतीको पूजा-आराधना गरी शोभायात्रा निकालिएको थियो।
भनिन्छ, सत्यको मार्गमा हिँड्ने सबैलाई भगवान शिवले आशिर्वाद दिनुहुन्छ। भगवान शिवको ज्ञान६ धारण गरेर मात्र जीवनबाट अज्ञानताकाे नाश गरन सकिन्छ।
ब्रह्मा कुमारि एउटा अन्तर्राष्ट्रिय सामाजिक संस्था हो जसको स्थापना सन् १९३७ मा भगवान शिवले आफ्नो भौतिक माध्यम प्रजापिता ब्रह्मा मार्फत गरेका थिए।


यस संगठनलाई संयुक्त राष्ट्र संघमा एक संस्था को रूप मा मान्यता प्राप्त छ। यस संस्थाले विश्वका १४० देशमा १० हजारभन्दा बढी शाखाहरूमार्फत आध्यात्मिक ज्ञान, राजयोग ध्यान र आत्म-सशक्तिकरणको शिक्षा प्रदान गर्दछ।
शोभायात्रामा दर्जनौं महिला तथा पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement