खेलाड़ीहरूका दुर्दशाले दुःखी छन् प्रशिक्षक पुलेला गोपीचन्द

IMG-20250226-WA0190

नयाँ दिल्ली: खेलको दुनियाँमा हरेक दिन करोड़ौं युवाहरूले आफ्नो भाग्य परीक्षा गर्छन्। केही खेलाड़ीहरूले सफलताको उँचाई हासिल गर्छन् भने धेरै असफलताको अन्धकारमा हराउने गर्छन्। ब्याडमिण्टन प्रशिक्षक पुलेला गोपीचन्दले खेल जगतको यस्तै तीतो सत्य बयान गरेका छन्। उनले भावुक हुँदै युवाहरूलाई उनीहरूका परिवार आर्थिक रूपले सम्पन्न भए मात्र खेलहरूलाई करियर बनाउने सल्लाह दिएका छन्। समाचार एजेन्सी एएनआई-सँग एउटा विशेष साक्षात्कारमा गोपीचन्दले जीरोदेखि हीरो बन्ने गोरेटोमा खेलाड़ीहरूले के-कस्तो कठिनाईहरूको सामना गर्नु पर्छ भन्ने वास्तविकता साझा गरेका छन्। उनले भने, म खेलाड़ीहरूलाई दिन-प्रतिदिन असफल भएको देख्छु। यस्तो देखेर मेरो पनि मन दुख्छ। अहिले जब म राष्ट्रिय च्याम्पियनहरूलाई देख्छु, कमनवेल्थ गेम्स र एशियन गेम्समा पदक जित्ने खेलाड़ीहरूलाई देख्छु, मलाई नराम्रो लाग्छ कारण उनीहरूसँग कुनै नोकरी छैन। उनीहरूका भविष्य के हुनेछ भन्ने सोचेर मन दुख्छ। सय मानिसहरूमा एकजना सफल हुने कुरा मलाई थाहा छ। त्यसो भए सुरक्षा जाल कहाँ छ ? मलाई यसै कुराको चिन्ता छ।
खेलाड़ीहरूका जीवनमा आउने समस्याहरूबारे चर्चा गर्दै गोपीचन्दले भने, ५०-को उमेरमा नानीहरूले कति कमाउनु भयो भनी प्रश्न गर्दा तपाईंसँग उत्तर हुँदैन। सबैलाई नोकरी प्रदान गर्नु यसको जवाफ होइन। उनीहरूलाई कौशल प्रदान गर्नु पर्छ, प्रशिक्षित गर्नु पर्छ अनि मार्गदर्शन गर्नु पर्छ। उनले खेलका वर्षहरूदेखि बाहिर स्थायी करियर योजनाको आवश्यकतामाथि बल दिए कारण धेरै खेलाड़ीहरूका करियर संक्षिप्त हुन्छ। गोपीचन्दले भने, हामीले खेलाड़ीहरूका करियरमाथि पनि ध्यान दिनु पर्छ। सबैको करियर १०-१५ साल लामो हुँदैन। यसमा ध्यान दिनु पर्छ। ३५ सालको उमेरमा पुग्दासम्म कुनै खेलाड़ीसँग ठूलो कार हुन सक्छ अनि यसमा कुनै खराबी छैन तर हामीले अन्य खेलाड़ीहरूबारे पनि सोच्नु पर्छ। ५० सालको उमेरमा पुगेर तपाईंले आफ्नो नानीलाई आफू ओलम्पियन रहेको बताउँदा नानीले पनि तपाईंले त केही कमाउनु भनेर प्रश्न गर्दा तपाईंसँग कुनै उत्तर हुँदैन। तपाईंसँग कुनै सम्मान नरहेको पनि प्रश्न आउन सक्छ। कुनै अधिकारीले बोलाउँदा अनि तपाईंले सर म के गर्नु भनी प्रश्न गर्दा तपाईंको आत्मसम्मान कहाँ पुगेको हुन्छ? यही सब देखेर मलाई दुःख लाग्छ। यही सब कुराले आउँदो पीढ़ीलाई खेलहरूमा सामेल हुनदेखि रोक्न पनि सक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement