मुम्बई: भारतकी दुईपल्टकी ओलम्पिक पदक विजेता ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धूले खेलाड़ीहरूका निम्ति कठोर मेहनत र निराशाहरूलाई चाँड़ै भुलेर अघि बढ़्ने कुरामाथि जोर दिँदै उनमा अहिले पनि उच्चतम स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने भोक रहेको बताइन्। सिन्धूले भनिन्, निराशा र थकान धेरै दिनसम्म रहन सक्छ तर एकजना खेलाड़ीले कहिले पनि अनुशासन गुमाउनु हुँदैन कारण खेलमा यो कहिले काममा लाग्नेछ भन्ने कसैलाई थाहा हुँदैन। आफ्नो लक्ष्यलाई लिएर सदा स्थिर रहनु पर्छ अनि हरेक दिन मेहनत गर्नु पर्छ। एकदिन परिणाम अवश्यै अघि आउनेछ। तपाईंहरूसँग सबैथोक त छ अनि अब के चाहिन्छ भनेर मानिसहरूले प्रश्न गर्न सक्छन्। मेरो विचारमा खेल प्रति पागलपन र जीतको निम्ति भोकले नै म आफ्नो प्रदर्शनमा सुधार गर्न सक्नेछु।
सिन्धूले भनिन्, म्याचमा हासिल भएको जीतले अवश्यै आत्मविश्वास दिन्छ अनि अघिल्लो स्तरमा जानको निम्ति प्रोत्साहित गर्छ। यसैकारण हरेक दिन नयाँ र हरेक दिन एउटा प्रक्रिया हुन्छ। खेलकुदमा मात्र नभएर जीवनमा पनि केही खराब दिनहरू आउन सक्छ तर हामीले त्यसलाई भुलेर मजबूतीको साथ उभिन सिक्नु पर्छ। कठोर अभ्यास र निराशाको साथ-साथ सफलताको सामना गरिरहनु एउटा सतत प्रक्रिया हो अनि एकजना खेलाड़ी यसमा कायम रहनु पर्छ। मभित्र अहिले पनि म्याच जित्ने भोक छ अनि म आफ्नो प्रदर्शनमा सुधार गर्न सक्नेछु।