कोलकाता: भारती एयरटेल र एप्पलले रणनीतिक साझेदारीको घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको छl जसअन्तर्गत एयरटेल ग्राहकहरूले एप्पल टीभी+ र एप्पल म्युजिक सेवाहरू प्राप्त गर्नेछन्। रु० ९९९ बाट शुरु हुने सबै होम वाई-फाई प्लानका ग्राहकहरूले एप्पल टीभी+ को उच्चस्तरीय कन्टेन्टको पहुँच पाउनेछन्, जसलाई उनीहरूले मोबाइल, ट्याबलेट वा अन्य मल्टीपल डिभाइसहरूमा स्ट्रीम गर्न सक्नेछन्। यस अतिरिक्त, रु० ९९९ वा सोभन्दा माथि पोस्टपेड प्लान लिने ग्राहकहरूले एप्पल टीभी+ को सुविधा प्राप्त गर्नेछन् र ६ महिनासम्म निःशुल्क एप्पल म्युजिकको मजा लिन सक्नेछन्, जहाँ भारतीय तथा अन्तर्राष्ट्रिय संगीतको विशाल संग्रह उपलब्ध हुनेछ।
यस रणनीतिक साझेदारीमार्फत एयरटेल ग्राहकहरूले एप्पल टीभी+ का प्रिमियम ड्रामा, कमेडी सिरिज, फीचर फिल्म, डक्युमेन्ट्री तथा बालबालिकाका लागि मनोरञ्जनात्मक कन्टेन्टको विशेष पहुँच प्राप्त गर्नेछन्। साथै, एप्पल म्युजिकमा उपलब्ध अंग्रेजी, हिन्दी र अन्य भाषाका गीतहरूको विशाल लाइब्रेरी उत्कृष्ट अडियो अनुभव प्रदान गर्नेछ। भारती एयरटेलका प्रमुख मार्केटिङ अधिकृत तथा सीईओ – कनेक्टेड होम्स, सिद्धार्थ शर्मा भन्छन्, “हामी एप्पलसँगको यो महत्त्वपूर्ण साझेदारीको घोषणा गर्न पाउँदा उत्साहित छौं, जसले हाम्रो ग्राहकहरूलाई प्रिमियम भिडियो र म्युजिक सेवाहरूको एक्सक्लुसिभ पहुँच प्रदान गर्नेछ। यस साझेदारीले लाखौं होम वाई-फाई र पोस्टपेड ग्राहकहरूलाई एप्पलको उत्कृष्ट कन्टेन्ट अनुभव गर्ने अवसर दिनेछ। हामी विश्वस्त छौं कि यस सहयोगले कन्टेन्टको दुनियाँमा नयाँ युगको शुरुवात गर्नेछ र मनोरञ्जनको नयाँ स्तर स्थापित गर्नेछ।”
एप्पल इण्डियाकी निर्देशक – कन्टेन्ट र सेवाहरू, शालिनी पोद्दार भन्छिन्, “हामी एयरटेलसँग साझेदारी गर्न पाउँदा उत्साहित छौं, जसले हाम्रो उत्कृष्ट गुणस्तरको संगीत, प्रिमियम टीभी सिरिज र फिल्महरू लाखौं उपभोक्तासम्म पुर्यागउनेछ। यो साझेदारी हाम्रो रणनीतिक लक्ष्य अनुरूप छ, जसले विश्वस्तरीय कन्टेन्ट, कथाहरू र मनोरञ्जनलाई सबैका लागि सहज रूपमा उपलब्ध गराउने उद्देश्य राख्छ।” यस साझेदारीअन्तर्गत ग्राहकहरूले विज्ञापनरहित रूपमा एप्पल टीभी+ का सम्पूर्ण ओरिजिनल सिरिज र फिल्महरूको मजा लिन सक्नेछन्, जसमा “टेड लासो,” “सेभरेन्स,” “द मर्निङ शो,” “स्लो होर्सेस,” “साइलो,” “श्रिंकिङ” र “डिस्क्लेमर” जस्ता अन्तर्राष्ट्रिय अवार्ड विजेता सिरिजहरू समावेश छन्। साथै, “वोल्फ्स” र “द गॉर्ज” जस्ता नयाँ फिल्महरू पनि उपलब्ध हुनेछन्। एप्पल म्युजिकको ६ महिनासम्मको निःशुल्क सुविधाअन्तर्गत भारतीय तथा अन्तर्राष्ट्रिय संगीत, क्युरेटेड प्लेलिस्ट, कलाकार अन्तर्वार्ता, एप्पल म्युजिक रेडियो, एप्पल म्युजिक सिङ, टाइम-सिंक्ड लिरिक्स, लसलेस अडियो र इमर्सिभ स्पेटियल अडियो जस्ता विशेष सुविधाहरू पनि उपलब्ध हुने प्रेस विज्ञप्तिमा बताएको छ।