कुल्दिप छेत्री एसपीएससी चेयरमेन नियुक्त

photocollage_202522624411574

गान्तोक: सेवानिवृत्त सचिव एवं सिक्किम लोक सेवा आयोग (एसपीएससी) का सदस्य कुल्दिप छेत्री एसपीएससीको चेयरमेन नियुक्ति भएका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले उक्त जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएका छन्।
मुख्यमन्त्रीले कुल्दिप छेत्रीलाई एसपीएससीको चेयरमेन नियुक्त भएकोमा हार्दिक बधाई दिॅंदै उनको नियुक्तिलाई उचित ठहर गरेका छन्।
मुख्यमन्त्रीले भनेका छन्, सार्वजनिक सेवामा पारदर्शिता र उत्कृष्टता कायम राख्ने उहॉंको समर्पण, निष्ठा र प्रतिबद्धता साँच्चै प्रशंसनीय छ। उहॉंको विशाल अनुभव र नेतृत्व क्षमताका साथ आयोगले प्रतिभा र उत्कृष्टताद्वारा प्रेरित ढाँचा र दक्षताको उच्चतम मापदण्डलाई कायम राख्न जारी राख्नेछ र सिक्किमका एसपीएससीका इच्छुक उम्मेदवारहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्नेछ।
मुख्यमन्त्रीले आयोगको सदस्यको रूपमा छेत्रीले आफ्नो लगनशीलता र समर्पण प्रदर्शित गरेको उल्लेख गर्दै उनको अध्यक्षताले राज्यको लागि सक्षम कार्यबललाई आकार दिने भूमिकालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनले नवनियुक्त एसपीएससी चेयरमेनलाई नयाँ जिम्मेवारीमा ठूलो सफलताको कामना गर्दै फलदायी र प्रभावकारी कार्यकालको लागि शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement