सिक्किममा भारतीय सेनाले गर्यो चमत्कार

IMG-20250225-WA0148

उत्तर सिक्किमसँग सम्पर्क पुनःस्थापित

गन्तोक: भारतीय सेनाको सीमा सड़क संगठन(बीआरओ) ले बेली ब्रिजकाे निर्माण गरेर उत्तर सिक्किमसँग सम्पर्क पुनर्स्थापना गर्न सफल भएकाे छ।
अत्यधिक ट्राफिकको कारण केही दिनअघि डिक्चु-साङ्कलाङ-शिपग्यार मार्गस्थित फेचू ब्रिज भत्किएपछि उत्तर सिक्किमसॅंग सम्पर्क खत्म भएको थियो।


यस भत्किएको पुलको गम्भीरता बुझेर बिआरओले आफ्नो परियोजना स्वस्तिक अन्तर्गत पुल निर्माणको काम तत्काल शुरु गरे र फेचूमा ६० फिटको बेली ब्रिज तयार गरेर उत्तर सिक्किमसँग वाहनहरूको आवागमन सुचारू बनाएको छ।
बीआरओले आज प्रेस विज्ञप्तिमा बताए अनुसार, गत २० फरवरी, २०२५ मा डिक्चु-साङ्कलाङ-शिपग्यार मार्गस्थित फेचू ब्रिज अनियन्त्रित रूपमा ओभरलोड सवारी साधनहरूको कारणले भत्किएको थियो। सन् १९६६ सालमा पीडब्ल्यूडीले निर्माण गरेको उक्त ब्रिज भत्किएपछि यातायात प्रभावित बनेको थियो।


बीआरओको परियोजना स्वस्तिकले ‘हाम्रा महान पहाडहरूको मौनतामा: काम बोल्छ’ भन्ने आदर्श वाक्यलाई एक पटक फेरि प्रमाणित गरेको विज्ञप्तिमा उल्लेख छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement