सीआरसी निर्देशक गुप्तले गरिन राज्यपालसँग भेट

IMG-20250225-WA0255

गान्तोक: पाकिम जिल्लाको आसमलिङजेमा शारीरिकरूपमा असक्षम भएका व्यक्तिहरूको सीप विकास, सशक्तिकरण र पुनर्वासको लागि कम्पोजिट क्षेत्रीय केन्द्र (सीआरसी) का निर्देशक पुष्पाञ्जली गुप्ताले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरिन्। भेटको क्रममा निर्देशक गुप्तले राज्यपाललाई केन्द्रका गतिविधिहरू र अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकरण गर्न र उनीहरूको विकासलाई सहयोग गर्न गरिरहेको प्रयासबारेमा जानकारी गराइन्। यसका साथै, उनले राज्यपाललाई भारत सरकारको सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको आरभीवाई योजना अन्तर्गत ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिने सहायक उपकरणहरूबारेमा पनि अवगत गराइन्। यो कार्यक्रम विशेष गरेर ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्न र उनीहरूको जीवनको गुणस्तर सुधार गर्न डिजाइन गरिएको हो। राज्यपालले सीआरसी-सिक्किमलाई आफ्नो लगनशील काम जारी राख्न प्रोत्साहित गर्दै अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग र अवसर प्रदान गर्नाले उनीहरूको जीवनको गुणस्तर मात्र सुधार नगरेर समृद्ध र समावेशी समाजको जग पनि खडा गर्छ भन्ने कुरामा जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement