गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गदर्शनमा आज गेजिङ जिल्लामा एक महत्वपूर्ण बैठक सम्पन्न भयो। उक्त बैठकको उद्देश्य विद्युत एवं ऊर्जा विभागद्वारा संकलन गरिने राजस्वमाथि चर्चा परिचर्चा गर्नु रहेको थियो। विधायक एवं विद्युत विभागका सल्लाहकार सञ्जीत खरेलको अध्यक्षतमा सम्पन्न बैठकमा विभागका सचिव विद्युत विभागीय प्रधान अभियन्ता र प्रमुख अधिकारीहरूले उपस्थिति जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै विधायक खरेलले राज्यको विकास र प्रगतिमा राजस्व सङ्कलनले खेल्ने महत्त्वपूर्ण भूमिकामाथि जोड दिए। राजस्व विकासले राज्यको पूर्वाधार विकास कायम राख्ने र थप विकास परियोजनाहरूलाई सहयोग गर्ने बताए। विधायक खरेलले एक स्थिर र बलियो राजस्व प्रवाहले प्रत्येक घरपरिवारमा निर्बाध बिजुली आपूर्ति सुनिश्चित गर्ने र समृद्ध र आत्मनिर्भर सिक्किमको दृष्टिकोणलाई सहयोग गर्ने जानकारी गराए। राजस्व भुक्तानीको महत्त्व बुझ्न स्थानीय उपभोक्ताहरुलाई संलग्न गराउनुको महत्त्वमाथि उनले जोड दिए। उनको भनाईअनुसार ग्रामीण क्षेत्रहरूमा १५ दिनको अवधि प्रदान गर्ने निर्णय गरियो। जसले गर्दा स्थानीय बासिन्दाहरूले राज्यको राजस्व प्रणालीमा योगदानको मूल्य पूर्ण रूपमा बुझ्न सक्नेछन्। उनले उल्लेख गरेअनुसार यसले राज्यको विकासमा महत्वपूर्ण भूमिकालाई बढावा दिनेछ।










