पाकिम: रिनाक निर्वाचन क्षेत्रमा आयोजित तीन दिवसीय जनता भेटघाट कार्यक्रमको समापन आज भयो। आजको अन्तिम दिन मामरिङ गौशालामा जनता भेटघाट कार्यक्रम सम्पन्न भयो। समापन कार्यक्रममा मुख्यमन्त्रीले तीनवटा जीपीयूअन्तर्गतका १४ वटा वार्डका आठसय भन्दा अधिक जनतासँग भेटघाट गरे। आज बिहान ८ बजीदेखि शुरु भएको अन्तिम दिनको जनता भेटघाट कार्यक्रम प्रायः साँझसम्म चल्यो। भेटघाट कार्यक्रमभन्दा अघि मुख्यमन्त्री तामाङले जनतासँग सोझो संवाद गर्दै समस्याहरुबारे जानकारी लिए। यो कार्यक्रम केवल जनताको निम्ति राखिएको जानकारी गराउँदै पार्टी कार्यकर्ताहरूलाई सहयोग गर्ने आग्रह गरे।

पार्टीका कार्यकर्ताहरूलाई समय निकालेर गान्तोकमा नै भेटघाट गर्ने बचन दिए। रोगीहरूले पनि पार्टीको गरीब जनकल्याण प्रकोष्ठसँग सिधा सम्पर्क गर्ने आग्रह गरे। पार्टीले रोगीहरूको निम्ति स्थापना गरेको जन कल्याण प्रकोष्ठसँग सम्पर्क गर्ने सुझाउ दिए। आफ्नो गृह क्षेत्रका जनताको गुनासो सुनेपछि अब चाँडै क्षेत्रको आधिकारिक भ्रमण गर्दै विकास कार्यहरूबारे जायजा लिने जानकारी गराए।

आज अन्तिम दिनको जनताभेट कार्यक्रमअवधि मुख्यमन्त्रीको साथमा मुख्यमन्त्रीका सल्लाहकार एवं पूर्वमन्त्रीद्वय विष्णु खतिवडा, कुङ्गा निमा लेप्चा, पाकिम जिल्लाकी जिल्ला अध्यक्ष लाडेनला भोटिया, उपाध्यक्ष प्रभा प्रधान लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।