भारतलाई एउटै मैदानमा खेल्ने फाइदा प्राप्त भएको प्याट कमिन्सको दावी

IMG-20250225-WA0232

सिडनी: चोटले गर्दा च्याम्पियन्स ट्रफीमा नखेलिरहेका अष्ट्रेलियाका नियमित कप्तान प्याट कमिन्सले बताएअनुसार, भारतलाई दुबईमा एउटा स्थानमा खेल्ने फाइदा प्राप्त भइरहेको छ जबकि अन्य टीमहरूले हाईब्रिड मोडल अनुसार खेलिएको यस टुर्नामेण्टमा ग्रुप चरणका आफ्नो म्याचहरू पाकिस्तानको विभिन्न स्थानहरूमा खेल्नु परिरहेको छ। भारतले सुरक्षा सम्बन्धित मुद्दाहरूले गर्दा टुर्नामेण्टको आयोजक पाकिस्तानको यात्रा नगर्ने फसेला गरेको थियो। त्यसपछि आईसीसी-ले हाईब्रिड मोडलअन्तर्गत टुर्नामेण्ट आयोजन गर्ने फसेला गऱ्यो। यसले गर्दा भारतले आफ्नो सबै म्याच दुबईमा खेलिरहेको छ। अब रोहित शर्माको कप्तानीमा रहने टीम फाइनलमा पुग्यो भने त्यो म्याच पनि दुबईमै खेलिनेछ। कमिन्सले भने, टुर्नामेण्टको आयोजन भइरहेको छ अनि यो राम्रो कुरा हो तर भारतलाई निश्चित रूपले एउटै मैदानमा खेल्ने फाइदा प्राप्त भइरहेको छ। उनीहरूको टीम पहिलादेखि नै मजबूत छ अनि सबै म्याचहरू एउटै स्थानमा खेल्दा स्पष्ट फाइदा प्राप्त भइरहेको छ। अन्य टीमहरूसँग त्यो सुविधा छैन। भारतले बंग्लादेश र पाकिस्तानलाई सजिलै पराजित गरी सेमिफाइनलमा स्थान बनाइसकेको छ, जुन ४ मार्चमा दुबईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement