अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच म्याच वर्षाले गर्दा रद्द

IMG-20250225-WA0249

रावलपिण्डी: रावलपिण्डी क्रिकेट स्टेडियममा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेलिने आईसीसी च्याम्पियन्स ट्रफीको सातौं म्याच वर्षाले गर्दा रद्द गरियो। मंगलवार बिहानदेखि नै वर्षा जारी रह्यो। यसले गर्दा म्याच रद्द गर्नु बाहेक अन्य कुनै उपाय थिएन। म्याचको कट अफ टाइम साँझ ७:३२ बजी थियो। यसकारण मैदानलाई २०-२० ओभरको म्याचको निम्ति तयार गर्नु पनि सम्भव भएन। आजको म्याच रद्द हुँदा ग्रुप बी-मा रहने यी दुई टीमले १-१ पोइण्ट बाँड़्नु पऱ्यो। यस ग्रुपमा अहिले यी दुई टीमसँग २-२ वटा म्याचमा ३-३ पोइण्ट्स रहेको छ तर नेट रन रेटको आधारमा दक्षिण अफ्रकिा पहिलो स्थानमा रहेको छ। मंगलवारको म्याच ड्र रहनको साथै ईंग्ल्याण्ड र अफगानिस्तानबीच भोलि खेलिने म्याच नक्आउट म्याचमा परिणत भएको छ। त्यस म्याचमा हार्ने टीम टुर्नामेण्ट बाहिर हुने तेस्रो टीम बन्नेछ। ग्रुप ए-बाट चाहिँ भारत र न्यूजील्याण्डले अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ तर ग्रुप बी-मा चाहिँ वर्षाले परिस्थितिलाई जटिल बनाएको छ। यस ग्रुपमा आफ्नो पहिलो म्याच हार्ने ईंग्ल्याण्ड र अफगानिस्तानले अझ २-२ वटा म्याच खेल्नेछ। यसरी ईंग्ल्याण्डसँग अहिले पनि सेमिफाइनलमा पुग्ने मौका रहेको छ। ईंग्ल्याण्डले आफ्नो पहिलो म्याचमा अष्ट्रेलिया अनि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध हारको सामना गर्नु परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement