आईपीएल २०२५-मा केकेआर-को कप्तानी गर्न तयार भेंकटेश अय्यर

IMG-20250225-WA0252

नयाँ दिल्ली: अनुभवी अलराउण्डर भेंकटेश अय्यर इण्डियन प्रीमियर लीग (आईपीएल) २०२५-मा वर्तमान च्याम्पियन कलकत्ता नाइट राइडर्स (केकेआर)-को कप्तानी गर्न तयार छन्। भेंकटेशलाई प्रतिस्पर्धी क्रिकेटको कुनै पनि स्तरमा कप्तानीको अनुभव चाहिँ छैन। गत च्याम्पियन केकेआर-ले अहिलेसम्म आफ्नो नयाँ कप्तानको घोषणा गरेको छैन। टीमले यस सालको उद्घाटन म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-को सामना गर्नेछ। केकेआर-ले गत सीजनमा श्रेयस अय्यरको कप्तानीमा ट्रफी जितेको थियो तर यसपाली उनी पञ्जाब किंग्सको कप्तान बनेका छन्। भेंकटेशले भने, निश्चित रूपले जिम्मेवारीको निम्ति म तयार छु। कप्तानी केवल एउटा पद हो अनि म नेतृत्वमा विश्वास गर्छु। एकजना नेतृत्वकर्ताको दृष्टिकोणले यो एउटा ठूलो भूमिका हो। यसमा कुनै शंका छैन। मौका प्राप्त भए म निश्चित रूपले यस जिम्मेवारीलाई निर्वाह गर्नेछु। यस्तो नगर्ने कुनै कारण पनि छैन। केकेआर-को गौरवशाली इतिहासलाई अघि बढ़ाउन तयार छु। भेंकटेशले भने, ड्रेसिंग रूममा नेतृत्वकर्ता बन्न तपाईंलाई कप्तानको पदको आवश्यकता पर्दैन। तपाईंले अघि रहेर उदाहरण स्थापित गर्नु पर्छ। तपाईं मैदान भित्र अनि बाहिर असल आदर्श बन्नु पर्छ, जुन अहिले म मध्य प्रदेशको निम्ति गरिरहेको छु। म मध्य प्रदेशको कप्तान होइन तर मेरो सल्लाहलाई सम्मान गरिन्छ। मलाई यस्तो माहोल मन पर्छ जहाँ प्रत्येकलाई आफ्नो विचार व्यक्त गर्ने स्वतन्त्रता हुन्छ। सबैले आफ्नो विचार साझा गर्ने अधिकार पाउनु पर्छ अन यो स्वतन्त्रता एकजना कप्तानले नै सुनिश्चित गर्नु पर्छ। साल २०२१-मा केकेआर-मा सामेल हुने भेंकटेशलाई गत सालको लिलामी अघि टीमले रिलीज गरेको थियो तर लिलामीमा आरसीबी-सँग कड़ा प्रतिस्पर्धापछि केकेआरले उनलाई २३.७५ करोड़ रुपियाँमा हासिल गरेको थियो। उनले आईपीएलमा ५१ वटा म्याच खेलेर १३२६ रन बनाएका छन्। ब्याटको साथ आक्रामक ईनिंग्स खेल्ने भेंकटेश बलिंगमा पनि केही विकेट दिलाउन सक्षम छन्।

About Author

Advertisement