मैनागुड़ी: भोलि महाशिवरात्रि हो र यसैलाई ध्यानमा राख्दै उत्तर बङ्गालको परम्परागत शहर मैनागुड़ीमा हुने जलपेश मेलाका लागि सुरक्षा व्यवस्था कडा हुने छ।
सादा पोशाकमा रहेका प्रहरीले सीसीटीभी क्यामेराबाट निगरानी गर्नेछन्। जलपाईगुडी जिल्लाका पुलिस अधीक्षक उमेश गणपत खान्डाबहालेले मंगलबार दिउँसो एक विज्ञप्तिमा भने कि जलपेश मेला र वरपर थप पुलिस तैनाथ गरिने छ।