चोरीको ल्यापटपसहित तीनजना पक्राउ

IMG-20250225-WA0215

सिलगढी: प्रधाननगर पुलिसले चोरीको ल्यापटपसहित तीन जनालाई पक्राउ गरेको छ।
सिलगढी नजिकैको शालबारी इलाकाको एक घरमा २२ गते चोरी भएको थाहा भएको छ। घटना लगत्तै ल्यापटप मालिकले प्रधान नगर पुलिस चौकीमा लिखित उजुरी दिएका थिए।
उजुरीका आधारमा पुलिसले घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेहरुको नाम अनुज दोर्जी, सुभान्सु गुरुङ र प्रदीप दोर्जी रहेको छ। उनीहरु सबै प्रधाननगर पुलिस चौकी इलाकाका बासिन्दा हुन्।
पुलिस स्रोतका अनुसार घटनाका मुख्य अभियुक्त सुभान्सु गुरुङले ल्यापटप चोरेर अनुज दर्जीलाई बेचेका थिए। त्यसपछि अनुजले प्रदीप दोर्जीलाई त्यही ल्यापटप बेचे।
पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement