भोलि महाशिवरात्रि

IMG-20250225-WA0219

फलफूल बजारमा खरीददारहरूको भीड

सिलगढी: भोलि महाशिवरात्रि हाे। विभिन्न स्थानमा महाशिवरात्रि पर्वको तयारी भइरहेको छ।
महाशिवरात्रिमा फलफूलको विशेष माग हुन्छ किनभने देवाधिदेव महादेवको पूजामा विभिन्न प्रकारका फलहरू चढाइन्छ, जसमध्ये एउटा हो बेलको फल।
सिलगढीका विभिन्न फलफूलकाे बजारमा विभिन्न प्रकारका फलफूल प्रशस्तै देखिएका छन्।
यसमा बेलको मूल्य १० रुपियाँ छ। यसका अलावा नरिवल, कर्नेल, सुन्तला, अमरुद र अन्य धेरै प्रकारका फलफूल पनि यहाँ पाइन्छ। रातिदेखि नै बजारमा मानिसको भीड लाग्न थालेको फलफूल बिक्रेताहरुले बताएका छन्।
यस वर्ष शिवरात्रिमा फलफूलको बिक्री राम्रो हुने उनको विश्वास छ। शिवरात्रीका अवसरमा फलफूल किन्न विभिन्न बजारमा मानिसको घुइँचो लागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement