सरकारले जारी गरेको तीस प्रतिशत चियाबारी जमिनको अधिसूचना च्याते एडवाडर्स

IMG-20250225-WA0233

दार्जिलिङ: ‘तिमी जे गर्छौ गर,जहाँ लान्छौ लैजाउँ,जे केस गर्छौ गर।हामीलाई जे गर्छौ गर,जहाँ लान्छौ लैजाउऊ भन्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवाडर्सले राज्य सरकारले तीस प्रतिशत चियाबारीको जमीन विषयमा जारी गरेको अधिसूचना च्यातेका छन्। गत केही दिन अघि कोलकतामा पश्चिम बंगाल ग्लोबल बिजनेस समिट सम्पन्न भएको थियो। समिटलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बोधन गर्ने क्रममा चिया बगानको ३० प्रतिशत जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने घोषणा गरेकी थिइन्। घोषणा गरेको दुई दिन नबित्दै राज्य सरकारले चिया बगानको ३० प्रतिशत जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने अधिसूचना जारी गरेको थियो। मुख्यमन्त्रीको घोषणा र राज्य सरकारको अधिसूचनाले चिया श्रमिकहरूसंग संगै सम्पूर्ण पहाडवासीहरूमा आक्रोशको लहर छाएको र इण्डियन गोर्खा जनशक्ति फ्रण्टले चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा दिइने राज्य सरकारको घोषणादेखि घोर विरोध जनाएको बताएको छ। यी सबै विषयहरूलाई लिएर इण्डियन गोर्खा जनशक्ति फ्रण्टको सभा सम्पन्न भयो। सभामा संयोजक अजय एडवाडर्सले ‘तिमी जे गर्छौ गर,हामीलाई जहाँ लान्छौ लैजाउँ भन्दै राज्य सरकारले जारी गरेको अधिसूचना च्याते। यसपछि उनले भने, जीटीएमा इण्डियन गोर्खा जनशक्ति फ्रण्टको ६ जना निर्वाचित सभासदहरू छन्। हामी निर्वाचित सभासदहरू हौं। हामीलाई जनताले आशा र भरोसा गरेर जीटीए सभासदमा पठाएको हो। त्यसकारण हामीले जनताको आस्था र भरोसालाई तोडनु हुँदैन। चिया बगानको ३० प्रतिशत जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने राज्य सरकारको निर्णयलाई विरोध गर्दै सम्बम्धित विभागीय अधिकारीहरूलाई पत्रकार गर्नु पर्छ। यति गर्दा पनि हाम्रो आवाजको सुनाई हुँदैन भने हामी सकारात्मक आन्दोलनमा जानैपर्छ। हामी चूप लागेर बस्नु हुँदैन। हामी यसरी नै चूप लागेर बस्ने हुँदा आजको यो परिणाम हो।’
अजय एडवर्डसले अघि भने, ‘राज्य सरकारले हामीलाई शिक्षा, स्वास्थ्यदेखि लिएर हरेक विषयहरूमा हामीलाई दबाउने काम गर्दै आईरहेको छ। अहिले आएर चिया बगानको जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गर्ने तय गरेको छ। हाम्रो चिया श्रमिकहरूले पाउँदै गरेको २० प्रतिशत पूजा बोनसदेखि वञ्चित गर्ने कार्य गर्दै आएको छ। गत वर्ष चिया श्रमिकहरूलाई १६ प्रतिशत पूजा बोनस थोप्ने काम गरयो,रहल चार प्रतिशतको विषयमाथि बैठक बोलाउने कुरा गरेको थियो तर आजसम्म बैठक गरेको छैन। यो सबै हामीमाथि थिचो मिचो हो।पहाडमा हामी गोर्खाहरूलाई अनि तराई डुवर्समा गोर्खा र आदिवासीहरूलाई राज्य सरकारले यस्तै प्रकारको शोषण नीति अप्नाउदै आई रहेको छ।’
एडवर्ड्सले अझ भने, ‘चिया बगानको ३० प्रतिशत जमीन लिएर भागोप्रमो अध्यक्ष,जीटीए चिफ अनित थापाले राज्य सरकारसंग कुराकानी गरेको छु भन्दै समाजिक संजालहरूमा बताएका थिए तर यो उनले भनेकै दिन राज्य सरकारले चिया बगानको ३० प्रतिशत जमीन अन्य ब्यापार उद्योगमा प्रयोग गरिने अधिसूचना जारी गरयो।चिया बगानको जमीन हामी अन्य ब्यापार उद्योगमा प्रयोग गर्न दिने छैनौ,यसको हामी घोर विरोध जनाउनेछौं। हामी हाम्रो जमीनको लागि हामी ज्यान दिनु पनि तयार छौँ। जीटीएको सत्ता चौकीमा बस्नेहरूले कोलकतामा गएर के सेटिङ गरयो मलाई थाहा छैन। तर आफ्नो जातिमाथि आपत आई पर्दा तपाईहरूले केही गर्न सक्दैन भने यस्ता जीटीएलाई खारिज गरी दिनोस।जातिलाई आई पर्दा सुरक्षा प्रदान गर्न जीटीए असमक्ष छ भने यस्ता जीटीएलाई किन राख्नु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement