अखिल भारतीय इमाम संघकाे उत्तर कन्या अभियान

IMG-20250225-WA0186

१२ बुँदे माग र ज्ञापनपत्र बुझाउँदै निकाले र्‍याली

सिलगढी: अखिल भारतीय इमाम संघले उत्तर कन्या अभियान अन्तर्गत आज र्‍याली निकाले र १२ बुँदे मागसहित
ज्ञापनपत्र बुझाए।
ज्ञापनपत्रमार्फत उत्तरबङ्गालका सबै प्रशासनिक काम उत्तरकन्यामा गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।
यस अभियानमा नादिया र मुर्शिदाबाद बाहेक उत्तर बंगालका आठ जिल्लाका इमाम र मुअज्जमहरूले ठूलो संख्यामा भाग लिए।
संघले माग पूरा नभए पूरै उत्तर बङ्गालमा ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ।
यो अभियानमा नादिया र मुर्शिदाबाद बाहेक उत्तर बङ्गालका आठ जिल्लाबाट ठूलो संख्यामा इमाम र मुअज्जमले माग पूरा नगरे ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ।
जुलुस रोक्न पुलिसले सिलगढीको फुलबाडी क्षेत्रमा ब्यारिकेड लगाएको थियो।
जुलुस फूलबाड़ी पुगेपछि पुलिससँगको छलफलपछि संगठनको आठ सदस्यीय प्रतिनिधिमण्डललाई उत्तरकन्या जान अनुमति दिइएको थियो।
आठ सदस्यीय प्रतिनिधिमण्डलले उत्तरकन्यास्थित मुख्यमन्त्रीको कार्यालयमा गएर ज्ञापनपत्र बुझाए।
संगठनका मुख्य मागहरुमा ओबीसी प्रमाण पत्र खारेजको विरोध, २०२४ वक्फ विधेयक खारेज, इमाम भत्ता बृद्धि र कुल १२ वटा मागहरु रहेका छन्।
अखिल भारतीय इमाम संघका उत्तर बङ्गाल संयोजक मोहम्मद बशीरुद्दीनले लामो समयदेखि आफ्ना मागहरू सरकारसमक्ष पु¥याउदै आएको तर ध्यान नदिँदा आजको कार्यक्रम भएको बताए।
उनले यीी मांगहरु पूरा नभए आगामी दिनमा ठुलो आन्दोलन गर्ने चेतावनी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement