डुआर्स(पश्चिम बंगाल): के तपाइँ गर्मीकाे छुट्टिमा डुआर्स भ्रमण गर्ने योजना गर्दै हुनुहुन्छ? हात्ती सफारी बारे सोच्दै हुनुहुन्छ? वन विभागबाट तपाईका लागि खुसीको खबर आएको छ।
लामो समयदेखि बन्द रहेको गोरुमारा एलिफेंट सफारी अन्ततः सुचारु भएको छ र सफारीको रकम पनि घटाइएको छ। अब कम लागतमा हात्ती सफारीको मजा लिन सकिन्छ।
केही वर्षअघि जलदापाड़ाबाट गोरुमारास्थित धुपझोरा हात्ती शिविरमा ‘जेनी’ र ‘माधुरी’ नामक दुईवटा हात्ती ल्याइएका थिए। यी हात्ती सफारी लागि प्रयोग गरिन्थ्यो।
तर, वन विभागले केही दिनअघि हात्ती सफारी रोकेको थियो।अब सफारी फेरि शुरु भएको छ। ‘जेनी’ र ‘माधुरी’ले पर्यटकहरुलाई चढेर गोरुमाराको वनको सफारी गरौने छ।
यसबाहेक सफारीको शुल्क पनि घटाइएको छ।
यसअघि प्रत्येक पर्यटकले १ हजार ४ सय रुपियाँ खर्च गर्नुपर्नेमा अब मात्र १ हजार २ सय रुपियाँ खर्च गर्नु पर्नेछ।
तर, अनलाइन टिकट बुकिङ प्रणाली अहिले उपलब्ध छैन।
तर अबको केही दिनमा अनलाइन बुकिङ शुरु हुने बताइएको छ।
हाल हात्ती सफारी कार्यक्रम बिहान दुई पटक र दिउँसो एक पटक हुने भएको छ।