सोनादा: सोनादाको ओल्ड डायरी निवासी स्व एमबी गजमेर र माता कुमारी गजमेरकी जेष्ठ सुपुत्री भगवती गजमेरले हालैमा आफ्नो पहिलो प्रयासमा नै युजीसी नेट उत्तीर्ण गरेकी छन्। उनले आफ्नो प्रयासमा नै ९२.९६ प्रतिशत अंकको साथमा युजीसी नेट उत्तीर्ण गर्न सफल बनेकी छन्। उनले आफ्नो परिवार मात्र होइन सम्पूर्ण सोनादा क्षेत्रलाई नै गौरवान्वित बनाएका छन्। हुने बिरुवाको चिल्लो पात भने झैं भगवती गजमेर सानैदेखि पढ्नमा अब्बल थिइन्। उनले आफ्नो प्राथमिक तहको अध्ययन ग्रिन हिल स्कूल सोनादामा लिएकी थिइन् भने माध्यमिक तहको अध्ययन सिनादा हाई स्कूलबाट र उच्च माध्यमिक तहको अध्ययन होली क्रस गर्ल्स उच्चत्तर माध्यमिक विद्यालयबाट पूरा गरेकी थिइन् उनले स्नातक तहको अध्ययन सिलगढी सिटी कलेजबाट र स्नातकोत्तर स्तरको अध्ययन उत्तर बंगाल विश्वविद्यालयबाट पूरा गरेकी थिइन्। उनले युजीसी नेट परीक्षामा ९२.९६ प्रतिशत ल्याएर सह प्राध्यापक र जीआरएफको लागि पनि क्वालिफाई गरेकी छन्। भगवती गजमेरले अब पीएचडीको लागि पनि सोचिरहेकी जानकारी गराएका छन्।