टुंग सन्तमेरिज समष्टि स्तरीय आँगनवाडी अनि आशा कर्मीहरुको समिति गठन

IMG-20250225-WA0227

सोनादा: टुंग सन्तमेरिज समष्टि अन्तर्गत रहेका आँगनवाडी कर्मीहरु तथा आशाकर्मीहरुलाई लिएर जरूरी सभा सिपाहीधुरा सार्वजनिक भवनमा सम्पन्न गरियो।‌ उक्त सभाको अध्यक्षता सभासद नुरी शेर्पाले गरेका थिए। सभामा आँगनवाडी विभागका कार्यकारी सभासद कल्पना प्रधान‌को विशेष उपस्थिति रहेको थियो। सभाको प्रथममा नेै विभागीय सभासद कल्पना प्रधानले आँगनवाडी कर्मीहरुले झेल्नु परिरहेको विस्तृत समस्याहरुबारे प्रकाश पारिन्। उनले आँगनवाडी र आशाकर्मीहरुले हालसम्म झेल्नु परिरहेको समस्याहरु सभामा अवगत् गराइन् साथै सबैलाई एक क्षत्र-छायाँमा संगठित भएर सांगठनिक रुपले दह्रिलो भएर बस्ने अपिल गरिन्। विगत दिनहरु‌मा आँगनवाडी कर्मीहरुको अवकाश ग्रहणको अवधि दुई लाख रुपियाँ सहुलियत पाउने गर्थे भने अहिले हालैमा सरकारको अधिसूचना अनुसार उक्त दुई लाखको रकम बढेर पाँच लाख रुपियाँ भएको सभामा अवगत् गराईन्। यो उपलब्धि पनि संगठनको फल हो, हामी सबै एकमुष्ठमा एकत्रित भई कार्य गयौं भने थुप्रै उपलब्धिहरु हाँसिल गर्न सक्षम बन्नेछौं भनी सभामा कार्यकारी सभासद कल्पना प्रधानले प्रकाश पारिन्। संगठनकै सन्दर्भमा उनले उपस्थित आँगनवाडी अनि आशाकर्मीहरुलाई संगठनमा बस्ने इच्छुक छ/छैन भन्ने प्रश्न राखिन् र उपस्थित सदस्याहरु‌बाट पनि बहुमतको रुपमा संगठन बनाउनु जरुरी छ भन्ने प्रतिश्रुति व्यक्त गरियो।
आँगनवाडीकै पक्षमा सन्तमेरिज दुई ग्राम पञ्चायतका आँगनबाडी अध्यक्षाले विभागीय रुपमा झेल्नु परिरहेका समस्याहरुबीच सभामा अवगत गराइन्। उनले विशेष रुपले आँगनवाडीको पक्का निजी घरहरु नभएको, मासिक सहुलियत पनि एकदमै कम रहेको, कोहीबेला आधा मासिक शुल्क पनि समयमा प्राप्त नभएको इत्यादि विषयहरुलाई ध्यानाकार्षित गराइन् भने उपस्थित सदस्याहरुबाट नै एक सदस्याले छुट्टी एकदमै कम रहेको साथै शीतकालीन अवधिमा पनि छुट्टी नभएको गुनासो राखिन्।
उसरी नै आशाकर्मी/सहकर्मीको पक्ष‌मा पनि उपस्थित सहस्यागणबाट गुनासोहरु राखियो। फलस्वरूप विभागीय रुपमा कार्यकारी सभासद कल्पना प्रधानले गहिरो चिन्तन-मनन् गरी विभागीय रुपमा पाइला चालिदिने प्रतिश्रुति पनि व्यक्त गरिन्। यसका साथै संगठनलाई दह्रिलो बनाउनका निम्ति टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेका आँगनवाडी अनि आशाकर्मीहरु, सहकर्मीहरुलाई लिएर एक सांगठनिक समिति गठन गरियो। टुङ-सन्तमेरिज समष्टि अन्तर्गत रहेका आँगनबाडी कर्मी, सहकर्मी समिति गठन गरिएको छ। यसमा सभापति सञ्जु राई, उप सभापति बिनु सुब्बा, मूल सचिव जिना तामङ, सह सचिव अर्पना विश्वकर्म, कोषाध्यक्षा सुमित्रा सार्की भूजेल, सह कोषाध्यक्ष – माया लोहार, सल्लाहकारवर्ग ममता प्रधान अनि शारदा सिंह आदिलाई चयन गरिएको छ।‌
उक्त गठन गरिएको समिति हिल-तराई आँगनबाड़ी कर्मी/सहकर्मी’- को क्षत्रछाँयामा रहने भएको छ‌। उसरी नै टुङ सन्तमेरिज समष्टि अन्तर्गत नवगठित आशाकर्मी/सहकर्मी समिति पनि गठन गरिएको छ जसमा सभापति अनिता पाख्रिङ्ग, मूल-सचिव रितु लामा, कोषाध्यक्ष रश्मी तामङ, सल्लाहकारमा समाप्ति सुब्बा अनि सोनिका प्रधान आदि चयन भएका छन्। यसका साथै टुङ सन्तमेरिज समष्टिलाई अझ सांगठनिक रुपले दह्रिलो बनाउन हेतु ‘नारी शक्ति’ संगठनबारे पनि विस्तृत रुपमा चर्चा गरियो भने सन्तमेरिज दुई ग्राम पञ्चायत क्षेत्रबाट रेश्मा दियाली अनि सन्तमेरिज एक ग्राम पञ्चायतबाट कनिशा तामङ‌लाई संयोजिकाको भार सुम्पियो। मार्गरेट्स-होप, गोराबारी ग्राम पञ्चायतबाट संयोजिकाको नाम पछिबाट दिइने सभामा अवगत गराइयो। सभालाई नारी शक्ति केन्द्रिय समिति अध्यक्षा अनु प्रधान, खरसाङ महकुमा समिति अध्यक्षा सबिता कार्कीले सम्बोधन गरिन्। प्रथम चरणको सभा समापन भएपछि आगामी दिनाङ्क २७ फरवरी २०२५ बिहिबारका दिन टुङ – सन्तमेरिज समष्टि स्तरीय जीटीए आईडल विषयमा पनि विस्तृत चर्चा गरियो। सभामा समष्टि अन्तर्गत रहेका समष्टि प्रतिनिधिगण/पदाधिकारीगण एवं सदस्य/सदस्यात्रणको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement