बाघमारा गोदामटारमा‌ चलिरहेछ सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ

IMG-20250225-WA0225

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटारको बाघमारा बस्तीमा सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ चलिरहेको छ। उक्त सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ गत २१ फरवरीदेखि शुरु भएको थियो भने आगामी २७ फरवरीसम्म‌ चल्ने भएको छ। बाघमारा गोदामटारको आयोजनामा सिध्देश्वर महादेव मन्दिर परिसरमा चलिरहेको उक्त महापुराणमा कथावाचकहरु सिलगढीबाट आएको तथा भजनको संगीत टोली दार्जिलिङबाट आएको जानकारी प्राप्त भएको छ। यस महापुराणमा मुख्य भजन गायिकाको रुपमा नेपालको इटहरीबाट उमा अधिकारी उपस्थित रहेको‌ पनि जानकारी प्राप्त भएको छ। सप्ताहव्यापी महापुराणको पहिलो दिन कलश यात्राको साथमा शुरु गरिएको थियो भने दैनिक रुपमा भजन कीर्तन साथै प्रवचन जारी रहेको बताइएको छ। यसको साथै शिवरात्रीको दिन बुधबार विशेष कार्यक्रमको आयोजना‌ गरिने जानकारी प्राप्त भएको छ‌। बाघमारा गोदामटारमा‌ आयोजना भईरहेको सात दिवसीय श्रीमद् भागवत महापुराण महायज्ञ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आयोजक समितिको सदस्य बिनोद तामाङले‌ सिविटारको बाघमारा गोदामटारमा सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञ चलिरहेको जानकारी गराएका छन्। उनले यो सप्ताहव्यापी महापुराण गत २१ फरवरीदेखि शुरु भएर आगामी २७ फरवरीसम्म‌ चल्ने जानकारी गराएका छन्‌‌। उनले बुधबार शिव महापुराणको अवसरमा विशेष कार्यक्रमको आयोजना‌ गरिने भएकोले‌ सबैलाई उपस्थित भईदिने अनुरोध गरेका छन्। तामाङले यस सात दिवसीय श्रीमद् भागवत् महापुराण महायज्ञमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement