सिलगढी: सिलगढी नजिकैको फूलबाड़ीमा रहेको माता कालीको मन्दिरमा बदमाशले फेरि चोरी गरेको छ। चोरहरूले चन्दा बाकस फुटाएर माताको नगद र गरगहना लिएर फरार भएका छन्।
फूलबाड़ीमा दुई दिनभित्र याे दोस्रो चोरीको घटना हाे। यसपटक चोरराहरूले मन्दिरको फलामको ढोका तोडेर मन्दिर भित्र पसेपछि चन्दा पेटीबाट पैसा र माताकाे गहना चाेरेका छन्।
घटना फूलबाड़ीको चुनाबती क्षेत्रमा रहेको एशियाली राजमार्ग छेउ रहेको काली मन्दिरमा भएको हो। चोरहरूले मन्दिरबाट माताको सुनको टिकली (बिन्दी) र करिब १५ हजार नगदसहित फरार भएको मन्दिरका पुजारीले बताएका छन्।
खबर पाएर मंगलबार बिहान एनजीपी पुलिस चौकीबाट पुलिस घटनास्थल पुगे।

फूलबाड़ीका स्थानीयवासीले पटक–पटक हुने चोरीका घटनाबाट त्रसित भएकाले गस्ती बढाउन माग गरेका छन्।