आईएसएफ नेता नौशाद सिद्दिकीले गरे चिया बगानकाे भ्रमण

IMG-20250225-WA0195

भनेे: राज्य श्रम विभाग खारेज गर्नुपर्छ

चालशा: आईएसएफ नेता र पश्चिम बंगाल विधानसभा सदस्य नौशाद सिद्दीकी सोमबारबाट डुअर्सको भ्रमणमा छन्।
मंगलबार उनले माल बजार विभागको चालशा क्षेत्रमा रहेको किलकोट चिया बगानमा काम गर्ने मजदुरसँग भेट गरे। त्यसैगरी क्षेत्रमा स्थापित नेपाली कवि भानु भक्त र अन्य प्रमुख व्यक्तित्वको शालिकमा श्रद्धाञ्जली अर्पण पनि गरे।
यस क्रममा तृणमूल कांग्रेस पार्टीको मजदुर संगठन आईएनटीटीयूसीका पूर्व जलपाईगुडी जिल्ला अध्यक्ष राजेश लाक्रा भारतीय सेक्युलर मोर्चाका विधायक नौशाद सिद्दीकीसँग देखिए।
मीडिया प्रतिनिधिसँग कुरा गर्दै उनले भने, ‘हालै प्रदेश सरकारले चिया बगानको ३० प्रतिशत जमिन पर्यटन र अन्य प्रयोजनका लागि प्रयोग गर्न अनुमति दिएको छ।
यसपछि सरकारले शतप्रतिशत पनि दिन सक्छ। चिया बगान नै भएन भने यस क्षेत्रका छोराछोरीको काम नै रहँदैन, कसरी जीविकोपार्जन हुन्छ?”
त्यसैले म भन्छु कि राज्यको श्रम विभाग खारेज गरि, यो श्रम विभागलाई यस विभागको महत्व बुझेको अन्य विभागको मातहतमा राख्नुपर्छ। यहाँ कामदारको शोषण भइरहेको छ।
उत्तर बंगाललाई छुट्टै राज्य बनाउने मागको सन्दर्भमा विधायक नौशाद सिद्दिकीले भने, “यस क्षेत्रमा विकास भइरहेको छैन जसका कारण यो क्षेत्र निरन्तर पछि परिरहेको छ।”
कोलकाता वा अन्य ठाउँ मात्रै होइन, उत्तर बंगालको यो क्षेत्रलाई पनि विकास गर्न आवश्यक छ। एकातिर चिया बगानमा काम गर्ने मजदुरले उचित पारिश्रमिक पाएका छैनन्।
अचेल कोलकाताबाट धेरै पर्यटकहरू डुअर्स घुम्न आउँदैछन्। तर पर्यटन व्यवसायमा पूर्वाधार विकास नहुँदा यहाँका रिसोर्ट र होमस्टेले पर्यटकलाई उचित सेवा दिन सकेको छैन।
अर्कोतर्फ उनले चिया पर्यटनको नाममा चिया बगानको जग्गा ठूला उद्योगीलाई हस्तान्तरण गर्नु राजनीतिक षड्यन्त्र भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement