नक्सलबाड़ी थाना पुलिसकाे ठूलो सफलता

IMG-20250225-WA0202

३१० ग्राम ब्राउन सुगरसहित तस्कर पक्राउ

सिलगढी: नक्सलबाड़ी थाना पुलिसले फेरि ठूलो सफलता हात पारेको छ।
पुलिसले ३१० ग्राम ब्राउन सुगर तस्करी गर्नुअघिनै एक तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेका तस्करको नाम विश्वनाथ मण्डल हो र उनी मालदाको कालियाचकका बासिन्दा हुन्।
नक्सलबाड़ी थानाबाट प्राप्त जानकारी अनुसार आरोपीले मालदाको कालियाचकबाट ब्राउन सुगर ल्याएर नक्सलबाड़ीमा तस्करी गर्न गइरहेका थिए। यसै क्रममा पुलिसले अभियुक्तलाई गएराति नक्सलबाड़ीको बेनगाईजोतबाट पक्राउ गरेको हो।
खोजीका क्रममा उनको साथबाट ३१० ग्राम ब्राउन सुगर बरामद भएपछि पुलिसले विश्वनाथलाई पक्राउ गरेको हो। अभियुक्तलाई आज सिलगढी अदालतमा पेश गरियो।


यस अवैध कारोबारमा अरु को–को संलग्न छन् भन्नेबारे प्रहरीले सम्पूर्ण अनुसन्धान थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement