महकुमा स्तरीय अन्तर स्कूल फूटबल: पुष्परानी र हिमाली बोर्डिङ स्कूल विजयी

IMG_20220524_171831.jpg

२४ मई: खरसाङ फुटबल एसोसिएसनको तत्वावधानमा स्थानीय मन्टभियट खेल मैदानमा महकुमा स्तरीय अन्तर स्कुल नक आउट फुटबल खेल आजदेखि शुरु गरियो। आज दुईवटा म्याच भयो। पहिलो म्याचमा पुष्परानी रोय मेमोरियल हाई स्कुलले साइ सुन्दरम स्कुललाई ३-२ गोलले पराजित गर्यो भने दोस्रो म्याचमा हिमाली बोर्डिङ स्कुलले कारमेल स्कुललाई २-१ गोलले पराजित गर्यो।
आजका म्याचहरुमा मुख्य रेफरीहरु प्रतीक गुरुङ अनि बिरेन राई थिए साथै लाइन्सम्यानहरु विशाल राइ अनि जयेस प्रधान थिए। यस महकुमा स्तरीय अन्तर स्कुल फुटबल खेलमा जम्मा ८ वटा स्कुलहरुले अंशग्रहण गरेका छ्न र फाइनल म्याच आगामी २९ मईमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement