लंकापाड़ामा आगलागी हुँदा गोदाम जलेर खरानी

87866552-burned-house-ruins-of-destroyed-building-by-fire-ash-and-coal-arson-concept

अलिपुरद्वार: अलिपुरद्वार वीरपाडा पुलिस थाना अन्तर्गत भुटान सीमामा स्थित लंकापाडामा आगलागी हुँदा एउटा गोदाम जलेर खरानी भएको छ।
स्थानीय स्रोतका अनुसार बजार क्षेत्रमा रहेको एक व्यक्तिको गोदाममा आगलागी भएको छ। मानिसहरूले त्यहाँ गाईवस्तुका लागि चारा राख्थे।
स्थानीय बासिन्दाहरुले पहिला आगो निभाउने प्रयास गरे। यसै बीच खबर पाएर बीरपाड़ाबाट एउटा दमकल गाड़ी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए।
तर, त्यतिन्जेल गोदाम पूर्णरुपमा जलेर खरानी भइसकेको थियो। सबै सामान पनि जलेको छ। सर्ट सर्किटका कारण आगलागी भएको प्रारम्भिक अनुमान छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement