पश्चिम बङ्गालमा ५.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प,

earthquake_1674554527

कोलकाता: बंगालको खाडीमा मंगलबार बिहान शक्तिशाली भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस)का अनुसार यसको तीव्रता ५.१ रिक्टर स्केलमा माप गरिएको छ।
बिहान ६ बजेर १० मिनेट २५ सेकेन्डमा भूकम्प अएको हो। एनसीएअनुसार भूकम्पको केन्द्रविन्दु जमिनबाट ९१ किलोमिटर तल थियो।
एनसीएसले एक्समा जानकारी दिँदै भूकम्पको तीव्रता ५.१ रहेको र यो आज बिहान ६:१०:२५ बजे भएको बताएको छ।
यसको केन्द्र १९.५२ उत्तर अक्षांश र ८८.५५ पूर्वी देशान्तर मा थियो। बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा भूकम्प आएको हो।
पश्चिम बंगालको राजधानी कोलकातामा भूकम्पको तीव्र धक्का महशुस गरिएको छ। आत्तिएर घरबाहिर निस्केका मानिसहरूले भूकम्पको धक्का महसुस गरेको बताए।
यसअघि सोमबार दिल्ली–एनसीआरमा भूकम्पको धक्का महसुस गरिएको थियो। दिल्लीमा पछिल्लो सात दिनमा तीन पटक भूकम्प गएको छ। यो क्षेत्र भूकम्पीय जोखिमको रेड जोनमा छ।
बंगालको जलपाईगुडी र काेचबिहार जिल्लाहरूको पश्चिमी भाग भूकम्प क्षेत्र पाँच मा अवस्थित छ। यी दुई जिल्लाका बाँकी भागहरू दार्जिलिङ, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर, मालदाह, २४ उत्तर परगना र २४ दक्षिण परगना जिल्लाहरू साथै जोन चारमा पर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement