भारत-पाक म्याचमा रेकर्ड दर्शक

IMG-20250224-WA0271

नयाँ दिल्ली: च्याम्पियन्स ट्रफी २०२५-मा भारत र पाकिस्तानबीच बहुप्रतीक्षित म्याच दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलियो जसमा टीम इण्डियाले सजिलैसँग ६ विकेटले जीत हासिल गरी ग्रुप ए-बाट सेमिफाइनलमा प्रवेश गर्यो। मैदानमा खेलाड़ीहरूका साथमा यस म्याचको अवधि दर्शकहरूले पनि नयाँ रेकर्ड बनाए। भारत र पाकिस्तानबीच म्याचको अवधि एक समय ६० करोड़ दर्शकहरूले यस रोमाञ्चक म्याचलाई हेरिरहेका थिए। यस अवधि दर्शकहरूका ध्यान मुख्य रूपले भारतको ब्याटिंगमा थियो कारण यस अवधि नै दर्शकहरूका संख्याले ६० करोड़को आँकड़ा पार गऱ्यो। म्याचमा भारतको निम्ति विराट कोहलीको प्रदर्शन यादगार रह्यो, जसले शतक (अविजित १००) बनाएर भारतलाई ६ विकेटले जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। च्याम्पियन्स ट्रफीको सीधा प्रसारण गरिरहेको जियोसिनेमा-मा दिउँसो ४:४० बजी २०.६ करोड़ दर्शकहरूको उपस्थिति दर्ता गरियो। त्यसपछि राति ९:५१ बजी त्यही आँकड़ा बढ़ेर ६० करोड़भन्दा अधिक पुग्यो। भारतले अब ग्रुप ए-मा आफ्नो अन्तिम म्याच २ मार्चमा न्यूजील्याण्डविरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement