आगलागीमा दुईवटा दोकान जलेर स्वाहा

IMG_20220906_191241.jpg

अलिपुरद्वार: फालाकाटा खण्डको धुलागाउँ बजार क्षेत्रको दुईवटा दोकानमा आज आगलागीको घटना घटेको छ।जानकारी अनुसार गत अबेर राति धुलागाउँ बजार इलाकाको एउटा रासन दोकान र एउटा लुगा दोकानमा आगो लागेको खबर पाएर फालाकाटा दमकल विभागको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। तथापि, आगलागीमा दुईवटा दोकान जलेर खरानी भएको बताइएको छ। यो घटना के कारणले गर्दा भयो भन्ने बारे थाहा लागेको छैन। पुजाको छेकमा नै दोकानमा आगो लागेपछि व्यवसायीहरूले निक्कै नोक्सानको सामना गर्न परेको छ। दोकान मालिक रञ्जीत मित्रले बताए अनुसार गत राति दोकान बन्द गरेर घर गएको थिए। आज बिहानै स्थानीय मानिसहरूले दोकानमा आगो लागेको खबर दिएपछि घटनास्थलमा आइपुगेको तिनले बताए।

About Author

Advertisement