पाकिम: मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजोदेखि आफ्नो निर्वाचन क्षेत्र रिनाकबाट जनताभेट कार्य शुरू गरेका छन्। यसअन्तर्गत आज दोस्रो दिन उनले रिनाक निर्वाचम क्षेत्रमा बिहानैदेखि जनतासँग भेट गरेका थिए। भेटघाट कार्यक्रमभन्दा अघि मुख्यमन्त्री तामाङले जनतासँग सोझो संवाद गर्दै आवश्यक परामर्श दिए। भेटघाट कार्यक्रम केवल जनताको निम्ति राखिएको जानकारी गराउँदै कार्यकर्ताहरूलाई सहयोग गर्ने आग्रह गरे। उनले भने , रोगीहरूले आफूलाई भेट नगरेर पार्टीको गरीब जनकल्याण प्रकोष्ठसँग सम्पर्क गर्ने बताए। रोगीहरूले कागजपत्र लिएर डाक्टरहरू कहाँ बुझाउनु पर्ने बताउँदै र यसभन्दा अघि पार्टीले रोगीहरूको निम्ति स्थापना गरेको जनकल्याण प्रकोष्ठसँग सम्पर्क गर्ने आग्रह गरे। हिजोदेखि शुरु भएको जनता भेट कार्यक्रमअन्तर्गत आज रिनाक डाकबंगलामा रिनाक लगायत वरिपरिका जनतासँग भेटगर्दै उनीहरूको गुनासो सुने। साथै समस्याहरूलाई सम्बोधन गरे।

जनताभेट कार्यक्रम अवधि मुख्यमन्त्रीको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका सल्लाहकार एवं पूर्व मन्त्री विष्णु खतिवडा, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङलगायत अन्यको उपस्थिति रहेको थियो।