१५ दिवसीय कम्प्युटर प्रक्षिक्षणको समापन

IMG-20250224-WA0261

गान्तोक: सशस्त्र सीमा बलको ३६ बटालियनको पहलमा आयोजित १५ दिवसीय कम्प्यूटर प्रशिक्षण कार्यक्रमको समापन आज गेजिङ जिल्लाको आइटीआईमा भयो। समापन कार्यक्रममा गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेन्जोङपा मुख्य अतिथिकोरूपमा उपस्थि रहेका थिए। साथमा ३६ एसएसबीका कमान्डेन्ट अधिकारी मोहन प्रसाद लगायत अन्यहरूको उपस्थिति रहेको थियो। यस प्रशिक्षण कार्यक्रम आयोजना गरर्नुको मुख्य लक्ष्य स्थानीय युवा सदस्यहरूमाझ डिजिटल साक्षरता बढाउनु रहेको थियो। यस पहलले सहभागीहरूलाई आधारभूत कम्प्युटर तालिम दिइयो। आफ्नो सम्बोधनमा जिल्लापाल डेन्जोङ्पाले आधुनिक संसारमा डिजिटल साक्षरताको महत्त्वमाथि प्रकाश पार्दै सहभागिहरूलाई तालिमको क्रममा प्राप्त सीपहरूको उपयोग गर्ने आग्रह गरे। यो कार्यक्रम डिजिटल खाडललाई कम गर्ने दिशामा एक महत्वपूर्ण कदम हो भन्दै उनले निरन्तर प्रयास र दैनिक जीवनमा डिजिटल प्रयोगलाई प्रोत्साहन गरे। उनले आईटीआई प्रमुखलाई डिजिटल चेक प्रदान गर्ने सल्लाह दिए। भीमबहादुर चौहानले आफ्नो सम्बोधनमा सामुदायिक सम्बन्धलाई सुदृढ पार्न र यस्ता पहलहरू मार्फत विकासलाई बढावा दिन नागरिक कार्य कार्यक्रमको भूमिकामा जोड दिए। उनले थप जानकारी गराएअनुसार डिजिटल सीपहरू अब वैकल्पिक नभएर एक आवश्यकता छन्। यो प्रशिक्षणले सशक्त बनाउन र सबैलाई डिजिटल संसारमा फस्टाउने अवसर सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। उनले डिजिटल दक्षता बढाउन बढ्दो उपभोक्ताहरुको रूचीमाथि उल्लेख गर्दै व्यक्तिगत र व्यावसायिक विकासको लागि प्राविधिक मार्गहरूको थप प्रयोगलाई प्रोत्साहित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement