मंगन: कृषि विज्ञान केन्द्रको पहलमा आज किसान सम्मान समारोह आयोजना गरियो। जसले किसानहरूलाई सम्मान जनाउनको साथै, उन्नत कृषि अभ्यासहरूको प्रवर्द्धन गर्दै आधुनिक कृषि प्रविधिहरूबारे लाभ उठाउने कार्यक्रम सामेल रहेको थियो। उक्त कार्यक्रममा राज्यका वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पशुपालन विभागका अतिरिक्त निर्देशक डा. दिछेन काल्योण लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले कृषकहरूद्वारा गरिएको कठोर परिश्रमको र उनीहरूको प्रतिवद्धताको प्रशंसा गरे। सोही प्रकारले उनले राष्ट्रीय पुरस्कारले सम्मानित कृषकहरूलाई शुभकामना व्यक्त गर्दै भावी पुस्ताका लागि यसको महत्त्वलाई जोड दिए। कृषिमा आफ्नो उपलब्धिलाई निरन्तरता दिन प्रोत्साहित पनि गरे। यसरी नै आत्माका उप-परियोजना निर्देशक पदमबहादुर गुरुङले पीएम किसान योजनाबारेमा विस्तृत जानकारी गराए। यसको लाभ किसानहरूलाई कसरी दिने सो विषयमा अवगत गराए। वरिष्ठ वैज्ञानिक भिषन प्रधानले कार्यक्रमको महत्वबारे प्रकास पारे उनले केभीकेबारेमा थप जानकारी दिँदै खेतीका लाभमाथि प्रकाश पारे। कार्यक्रममा किसानहरूलाई सम्मान जनाइएको थियो। उनीहरूको अभ्यासप्रतिको समर्पण र २०२४ मा रबी बालीका लागि प्रधानमन्त्री फसल बीमा योजना कार्यान्वयनको प्रशंसापत्र प्रदान गरियो।