सरकारहरूद्वारा प्रदान आर्थिक सहायता र योजनाहरूको पूर्ण उपयोग गर्न जिल्ला पञ्चायत अध्यक्षको आग्रह

IMG-20250224-WA0265

गान्तोक: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको भागलपुरबाट प्रधानमन्त्री किसान सम्मान निधि योजनाको १९औं किस्ताको शुरु गरे। उक्त कार्यक्रकमको सिधा प्रसासरण गान्तोक जिल्ला पञ्तायत कार्यालयमा भएको थियो। जसमा जिल्ला पञ्चायत अध्यक्ष बलराम अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यसका साथै कृषि विभागका प्रमुख निर्देशक राजेन थापा, कृषि विभागका निर्देशक जगदीश प्रधान, इन्जिनियर जीवन छेत्री र निर्देशक रचना गुरुङ थिए। प्रमुख अतिथि बलराम अधिकारीले आफ्नो सम्बोधनमा कार्यक्रमको लागि कृषि विभागको प्रशंसा गरे। उनले किसानहरूलाई कृषि क्षेत्रमा योगदान पुर्यानउन र परम्परागत तथा उन्नत खेतीका लागि केन्द्र तथा राज्य सरकारहरूद्वारा प्रदान गरिएको आर्थिक सहायता र योजनाहरूको पूर्ण उपयोग गर्ने आग्रह गरे। उनले कृषि उत्पादनको बजारीकरणको बारेमा बोल्दै राज्य सरकारको सम्बन्धित विभागहरूले यसलाई सहयोग गर्ने बताए। उनले किसानहरूलाई जमिनको प्रयोग गर्न र बाँझो राख्नबाट बच्न प्रोत्साहित गरे। उनले प्रधानमन्त्री फसल बीमा योजनाबारे जानकारी गराउँदै बाली बीमा योजनाले किसानहरूलाई प्राकृतिक प्रकोप, किरा र रोगका कारण हुने क्षतिबाट जोगाउने र आफ्नो जीविकोपार्जन सुरक्षित गर्न यस योजनामा नामांकन गर्ने आग्रह गरे। अध्यक्ष अधिकारीले किसानहरूलाई योजनाहरू कार्यान्वयन गर्न र आधुनिक प्रविधिहरू अप्नाउन कृषि अधिकारीहरूसँग काम गर्न प्रोत्साहित गर्दै दिगो खेतीलाई सहयोग गर्ने राज्य सरकारको प्रतिबद्धता दोहोर्यासए। विभागका अधिकारी राजेन थापाले योजनाबारे किसानहरूलाई सहयोग गर्न विभागीय तयारी रहेको उल्लेख गर्दै प्रत्येक योग्य किसानले वार्षिक सहयोगको राशि प्राप्त गर्ने जानकारी गराए। उनले प्रत्यक्ष लाभ हस्तान्तरण प्रणालीले किसानहरूलाई ब्यांक खाताबाट रकम प्राप्त गर्न सहयोग गर्ने बताए। उनले नाम दर्ता नभएका किसानहरूलाई योजनामा नामांकन गर्न प्रोत्साहित गर्दै किसानहरूलाई सरकारी योजनाहरूको लाभ पुऱ्याउन विभाग तयार रहेको बताए। जीवन छेत्रीले कृषि प्रविधबारे बोल्दै उत्पादकत्व सुधार गर्न आधुनिक कृषि उपकरणहरूलाई प्रयोग गर्ने आग्रह गरे। जगदीश प्रधानले दिगो खेतीका लागि सरकारी योजनाहरूबारेमा बताउँदै कृषि विकासलाई आधुनिक खेती, यान्त्रीकरणले लाभ दिने बताए।
उनले उत्पादकता बढाउन आधुनिक खेती प्रविधिलाई अप्नाउने बताए। विभागका अधिकारी रचना गुरुङले साना किसानहरूलाई आर्थिक सहायता सुविधाबारे उल्लेख गर्दै कृषियोग्य जमिन भएका किसानहरूलाई यसबाट देरै लाभ पुग्ने बते। केभीकेका डा. प्रकाश शर्माले साना किसानहरूलाई वित्तीय स्थिरता प्रदान गर्न कोष सहयोग रहने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement