भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले स्थापना दिवस पालन गर्ने

photocollage_202296184839557.jpg

दार्जिलिङ: आगामी ९ सितम्बरको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो स्थापना दिवस मनाउने भएको छ। केन्द्रिय स्तरमा स्थापना दिवस खरसाङमा मनाइने छ। दार्जिलिङ अनि कालेबुङमा पनि स्थापना दिवसको समारोहको आयोजना गरिने पार्टी महासचिव अमर लामाले जारी विज्ञप्ति मार्फत जनाएका छन्। तिनले बताए अनुसार पार्टीका अध्यक्ष अनित थापा लगायत केन्द्रीय समितिका सदस्यहरूले खरसाङमा स्थापना दिवस मनाउने छन्। तिनले अझ भनेका छन्, पार्टीको निम्ति यो पहिलो वर्ष चुनौतीपूर्ण रह्यो। छोटो समयमा हामीले दुइवटा चुनाउको सामना गर्नु पर्यो। दार्जिलिङ नगरपालिकाको चुनावमा पूर्ण सफलता प्राप्त गर्नु सकेनौं। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको चुनाउमा हामी पूर्ण रूपले सफल हुनु सक्यौं। जनताले उहाँहरूको विश्वास हामीमाथि राख्नु भएको छ। जनताले हामी माथि भरोसा राखेर जीटीएमा राख्नु भएको छ। हामीले चुनाउ समयमा जुन काम गर्छौ भनेका थियौं, हामी बिस्तारै पूरा गर्दै जानेछौ। हामीले सरकारलाई पञ्चायत चुनाउ मागेका थियौं। आज राज्य चुनाउ आयोगले पुनः सीमाङ्कन गर्ने आदेश जारी गरेको छ। जीटीएको निम्ति यो ठूलो उपलब्धि रहेको कुरा पनि तिनले बताएका छन्।

About Author

Advertisement