सिलगढी: पुलिसले चार सुनको बिस्कुट तस्करी गर्नुअघि एक व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार फुलबाडी बटालियन चौराहामा गाडी पर्खिरहेका तस्करले खुट्टामा कपडा बाँधेर सुनका चारवटा बिस्कुट तस्करी गरिरहेको थियाे।
गोप्य श्रोतबाट प्राप्त जानकारीका आधारमा एनजेपी थनाका पुलिसले छापा मारेर सुनसहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिको नाम श्रवण कुमार हाे र वहाँ बिहारको दरभंगा निवासी हुन्। पुलिस स्रोतका अनुसार सोमबार दिउँसो श्रवण असमबाट ४६४ ग्राम ताैलकाे चारवटा सुनका बिस्कुट (बजार मूल्य करिब ४० लाख रुपियाँ)
लिएर बिहार तर्फ गइरहेको थिए।
सो गोप्य सुचनाका आधारमा पुलिसले सर्वप्रथम बटालियन चाैकमा नाकाबन्दी गरे र उनलाई पक्राउ गरी खोजी गरे। खोजीका क्रममा उनको साथबाट सुनको बिस्कुट बरामद भएकाे पलिसले जनाए। पछि उनलाई पक्राउ गरी एनजेपी पुलिस थानामा ल्याइयो।
एनजेपी थाना पुलिसले यस विषयमा अनुसन्धान शुरु गरेको छ ।