जिल्ला परिषद गठन पोलिटिकल स्टण्ट मात्र: क्रामाकपा

IMG-20250224-WA0246

दार्जीलिङ: दुई स्तरीय ग्राम पञ्चायत चुनाउ भइसकेपछि जिल्ला परिषद तथा त्रिस्तरीय पञ्चायत चुनाउको माग उठान गर्नु भनेको तीस प्रतिशत भूमि आवण्टन र अर्काे वर्ष हुने डिलिमिटेसनबाट जनताको ध्यान हटाउने पोलिटिकल स्टण्ट जस्तो मात्र हुने क्रामाकपा नेता नर्बु लामाले दावी गरेका छन्। कोलकाता भ्रमणअवधि जीटीएका मुख्य कार्यपाल अनित थापाले उठान गरेका दार्जीलिङ र कालेबुङमा जिल्ला परिषद गठनको मागमाथि प्रतिक्रिया व्यक्त गर्दै उनले जीटीए थाप्ने तत्कालीन दलले चाहेको भए सम्झौतामा उल्लेखित त्रिस्तरीय तथा जिल्ला परिषदको अघिबाटै चुनाउ भइसकेको हुने मत पोखेका छन्।‌ लगभग २२ वर्षको अन्तरालपछि भएको २ स्तरीय चुनावपछि पनि यो चुनाउको मागलाई स्वागत जनाउने भए तापनि भागोप्रमो अध्यक्ष तथा जीटीए कार्यपाललाई यो कुरा कार्य रुपमा गरेर देखाउने चुनौती दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement