दार्जीलिङ: चार बुँदे मागको दाबीमा जोइण्ट फोरमले वर्षको पहिलो दिनको पहिलो पत्ती नटिप्ने घोषणा गरेको छ। २७ फरवरीको ८ घण्टाव्यापी उक्त साङ्केतिक बहिष्कारपछि पनि मागमाथि सुनवाइ नभए जोइण्ट फोरम व्यापक श्रमिक आन्दोलनमा ओर्लिने चेताउनी दिएको छ। अर्कोतिर आफ्नो मागलाई लिएर राज्यपाल लगायत संसदीय स्ट्याण्डिङ कमिटीसम्म जाने बताउँदै सो दिनको पहिलो पत्ती नटिप्ने कार्यक्रमलाई श्रमिकहरु लगायत अन्य श्रमिक सङ्गठनहरुले सहयोग गरिदिने जोइन्ट फोरमको प्रवक्ता सुनिल राईले अपिल गरेका छन्।