गरिबकाे सहयोग गरेर शिक्षिकाले मनाइन् जन्मदिन

Screenshot_20250224_192227_WhatsApp

जलपाईगुडी: मानिसहरूले आफ्नो जन्मदिन ठूलो धूमधामका साथ मनाउँछन्। धेरै मानिसहरू यस अवसरमा पार्टीहरू गर्छन् र साथीहरूसँग रमाइलो गर्दै जन्मदिन मनाउछन्।
तर जलपाईगुडीकाे मोहन हाई स्कूलकी शिक्षिका अनिंदिता सरकारले गरिबहरुकाे सहयोग गरेर आफ्नो जन्मदिन मनाइन्।
आफ्नो जन्मदिनको अवसरमा शिक्षिकाको यसो अभिनव पहलको प्रशंसा भइरहेको छ।
सोमबार आफ्नो जन्मदिनमा, शिक्षिका जलपाईगुडीको एक स्वैच्छिक संस्था प्रकाश फाउन्डेशनको सहयोगमा, गरिबरूलाई मद्दत गर्नको लागि उनिहरुकाे घर पुगिन्।


शिक्षिकाले प्रकाश फाउण्डेसनका सदस्यहरूसँग जलपाईगुडी शहर नजिकैको पहारपुड ग्राम पञ्चायतको पाटकाटा कालोनी क्षेत्रमा खाँचोमा परेका मानिसहरूलाई चामल, दाल, तेल, नुन, तरकारी र दूध लगायतका विभिन्न खाद्य सामग्री घरघरमा वितरण गरिन्। यो पहलको सबैले प्रशंसा गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement