खरसाङ: आज खरसाङ महकुमा शासक कार्यालयमा खरसाङ महकुमा क्षेत्रभित्र पर्ने विभिन्न क्षेत्रहरुलाई लिएर सडक सुरक्षा विषयमा जरुरी सभाकाे आयोजना गरिएको छ। सभामा विशेष खरसाङ महकुमा शासक आईएएस बिन्दाबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस नेहासिंह शाह, डीएफओ खरसाङ आईएफएस देवेश पाण्डे, खरसाङ खण्ड विकास अधिकारी कौशिक चक्रवर्ती, डेपुटी मजिस्ट्रेट कैलास प्रसाद अनि प्रसन्नजित चक्रवर्त्ती लगायत विभिन्न विभागहरूका अधिकारीहरु उपस्थित रहेका थिए। उक्त संयुक्त सभामा विशेष खरसाङ क्षेत्रमा हुने दुर्घटनाबारे विचार विमर्श गरियो। यसको साथै उक्त क्षेत्रमा दुर्घटना रोकथामबारे विभिन्न विभागद्वारा गरिने उपायहरु र कार्यहरुबारे जानकारी गराइएको छ। विगत केही दिन अघि मात्रै सन्त जोसेफ विद्यालयमुनि एउटा नारीलाई तीव्र गतिले आएको गाडीले घाइते बनाएको समाजिक सञ्जालमा धेरै फैलिएकाेले उक्त क्षेत्रमा सन्त जोसेफ अनि सन्त अल्फन्सेस विद्यालय रहेकोले नानीहरूको अभिभावक चिन्तामा परेको र यसकाे समाधानको लागि उक्त क्षेत्रमा स्पिड ब्रकेर अनि जेब्रा क्रसिङ बनाउने कार्य एनएचले चाढै शुरुआत गर्ने भएको छ। यसको साथै हिमाली स्कूल जाने बाटोमा पनि स्पिड ब्रेकर लगाउने भएको छ। यस्तै प्रकारले दुर्घटना हुने विभिन्न क्षेत्रमा नै विभिन्न विभागद्वारा कार्य गर्ने जानकारी गराइएको छ। सभामा खरसाङ महकुमा पुलिस अधिकारी नेहा सिंह शाहाद्वारा विभिन्न स्कूल कलेज अनि सेन्डीकेटका सदस्यहरुलाई लिएर सचेतनामूलक कार्यक्रमकाे आयोजना गरिनेछ भने नगरपालिकाद्वारा टुरिष्ट लजदेखि माथि हिमाली जाने बाटो जहाँ केही दिन अघि गाडी झरेर दर्घटना भएको थियोे। उक्त बाटोमा प्यारापेड लगाउने कार्य गरिने भएको छ।

सभामा खरसाङलाई कसरी स्वच्छ र सुन्दर बनाउने साथै बाँदरकाे रगरगीले भएको असुविधा विषयमा पनि चर्चा गरियो भने जीटीएद्वारा वर्तमानमा रहेको पार्किङ समस्याकाे समाधानकाे लागि गरिएको पहलबारे जानकारी गराइयो भने धेरै क्षेत्रमा कमानकाे नो अब्जेक्शन पाए पार्किङकाे कार्य शुरुआत भई हाल्ने जानकारी सभासद श्याम शेर्पाले गराएका छन्।