आफ्नो फर्मलाई लिएर आश्वस्त छन् कुलदीप यादव

IMG-20250224-WA0234

दुबई: भारतीय स्पिनर कुलदीप यादवको विचारमा चोटमुक्त भएर खेलमा फर्किएपछि उनले आफ्नो फर्म हासिल गरिसकेका छन् अनि उनलाई च्याम्पियन्स ट्रफीमा प्रत्येक म्याचको साध असल प्रदर्शन गर्ने आशा छ। कुलदीपले आइतवार पाकिस्तानविरुद्ध महत्त्वपूर्ण म्याचमा डेथ ओभरहरूमा ३ विकेट हासिल गरे अनि एक समय त उनी ह्याट्रिक गर्ने नजिक थिए। यस ३० वर्षीय खेलाड़ीले गत वर्ष स्पोर्ट्स हर्नियाको सर्जरी गराएका थिए, जसले गर्दा उनी ३ महिनाभन्दा अधिक समयसम्म खेलबाट बाहिर थिए। कुलदीपले भने, चोट ठीक हुनु ६ महिना लाग्छ। मैले ईंग्ल्याण्डविरुद्ध २ वटा म्याच खेले। त्यसमा मेरो फर्म राम्रो थियो। बंग्लादेशविरुद्ध पनि मेरो फर्म राम्रो थियो। कुलदीपले बंग्लादेशविरुद्ध म्याचमा चाहिँ विकेट लिन सकेका थिएनन्। उनले भने, फर्ममा हुनुको अर्थ प्रत्येक म्याचमा विकेट हासिल गर्नु होइन तर एकजना बलरको रूपमा तपाईं सदा विकेटको खोजमा रहनु हुन्छ। पाकिस्तानविरुद्ध पहिलो बल गर्दा नै आफूलाई फर्ममा रहेको अनुभव भयो। म अहिले आरामदायक स्थितिमा छु।
कुलदीपले भने, मेरो विचारमा म यसभन्दा पनि राम्रो बलिंग गर्न सक्छु। चोटबाट फर्किएपछि मैले ३-४ वटा म्याच मात्र खेलेको छु। प्रत्येक म्याचको साथ मेरो बलिंगमा अझ सुधार आउनेछ। पाकिस्तानविरुद्ध म्याचमा कुलदीपले सलमान आगा, शाहीन शाह अफरीदी र नसीम शाहको विकेट लिए। आफ्नो रणनीतिबारे कुलदीपले भने, आफ्नो पहिलो स्पेलमा मैले धेरै चाइनाम्यान गरे। आफ्नो बलिंगमा विविधता ल्याउन म गुगली पनि गर्छु। यसबाहेक मैले टप स्पिन पनि गरे। डेथ ओभरहरूमा बलिंग गर्ने विषयमा कुलदीपले भने, म अन्तिम १० ओभरमा बलिंग गर्न सक्षम छु। कप्तानको पनि यही सोच छ कारण बलिंगमा विविधता रहे ब्याटरहरूका निम्ति शट् खेल्नु मुश्किल हुन्छ। सौभाग्यले विकेट सामान्य धीमा थियो अनि मैले विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement