रमेश छेत्री भागोप्रमो सिटोङ लाटपञ्चार समष्टिकाे संयोजकको रूपमा नियुक्त

IMG-20250224-WA0235

खरसाङ: केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका रमेश छेत्रीलाई भागोप्रमो सिटोङ लाटपञ्चार समष्टिकाे संयोजकको रुपमा नियुक्त गरिएको छ। भागोप्रमो केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको सुझाव र निर्देशनमा रमेश छेत्रीलाई उक्त पदको सिटोङ लाटपञ्चार समष्टिकाे संयोजकको रुपमा नियुक्त पत्र प्रदान गरिएको छ। उनलाई आज भागोप्रमो खरसाङ महकुमा स्तरीय पार्टी कार्यालयमा खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रमाण रसाईली र कोषाध्यक्ष सञ्जय प्रधानको बाहुलीबाट नियुक्ति पत्र प्रदान गरिएको छ।‌ यस अवसरमा खरसाङ महकुमा समितिको प्रचार प्रसार सचिव दिपेन्द्र सेवा पनि उपस्थित रहेका थिए‌।‌ उल्लेखनीय छ रमेश छेत्री गत २०२२ को जीटीए चुनाउमा सिटोङ लाटपञ्चार समष्टिकबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लडेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सभासद एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव प्रणाम रसाइलीले रमेश छेत्री २०२२ को जीटीए चुनाउमा सिटोङ लाटपञ्चार समष्टिकबाट निर्दलीय प्रार्थीको रुपमा चुनाव लडेका थिए र गत १४ फरवरी २०२५ मा लाटपञ्जारको एक कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए भनी जानकारी गराएका छन्। उनले बताए अनुसार रमेश छेत्री आफुसँग ३०९ परिवारहरु लिएर भागोप्रमोमा सामेल भएका थिए। पार्टी अध्यक्ष अनित थापाको सुझावमा उनलाई भागोप्रमोको सिटोङ लाटपञ्चार समष्टिकाे संयोजकको रुपमा नियुक्त गरिएको छ भने आज पार्टी कार्यालयमा नियुक्त पत्र पनि प्रदान गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै रमेश छेत्रीले भने, अमित थापाको सोच र मेरो विचार मिलेको कारणले म‌भाहोप्रमोमा‌ सामेल भएको हो। पार्टी अध्यक्ष अनित थापाले दिएको जिम्मेवारीलाई म खटेर राम्रोसितले कार्यभार निभाउनेछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement