स्पोर्ट्स अथोरिटी अफ् इण्डिया क्षेत्रीय केन्द्र, कोलकाताद्वारा खेलो रग्बी, फ्युचर होप, र मेक कोलकाता रिलिभन्ट अगेनसँगको सहकार्यमा फिट इण्डिया मर्निङ मैदान ओलिम्पिक्स आयोजना

SAI 1

कोलकाता: स्पोर्ट्स अथोरिटी अफ् इण्डिया (एसएआई) क्षेत्रीय केन्द्र, कोलकाताले खेलो रग्बी, फ्युचर होप, र ‘मेक कलकत्ता रिलिभेन्ट अगेन’सँगको सहकार्यमा ऐतिहासिक मैदानमा फिट इण्डिया मर्निङ मैदान ओलम्पिक्स आयोजना गर्यो। यस विशेष कार्यक्रममा ३०० भन्दा बढी युवा खेलाडीहरूको सहभागिता रह्यो, जसले फिटनेस, टीमवर्क र खेलभावना प्रवर्द्धन गर्दै भारतभर चलिरहेको फिट इण्डिया अभियानलाई समर्थन गरे। कार्यक्रम अन्तर्गत विभिन्न गतिविधिहरू सञ्चालन भए, जसमा ट्र्याक एण्ड फिल्ड दौड (स्प्रिन्ट, रिले, तथा क्रस-कन्ट्री), रमाइलो प्रतिस्पर्धाहरू (टग अफ वार, अब्स्टाकल रेस, पिग्गी ब्याक रेस), साथै फुटबल र रग्बी ड्रिबल प्रतियोगिता समावेश थिए। ३०-३० जनाको १० टिममा विभाजित युवा खेलाडीहरूले उत्साह, ऊर्जा, र उत्कृष्ट टीम स्पिरिट प्रदर्शन गरे। कार्यक्रमको समापन पदक वितरण समारोहका साथ भयो, जसले सहभागीहरूको उपलब्धिलाई सम्मान गर्दै खेलभावनाको प्रवर्द्धन गर्योम।
यस पटक जापानको डोशिशा युनिभर्सिटीका ३० विद्यार्थीहरू पनि कार्यक्रममा सहभागी भए, जसले युवा खेलाडीहरूसँग अन्तर्क्रिया गरे, अनुभव आदान-प्रदान गरे, र प्रतियोगिताहरूमा उत्साहपूर्वक भाग लिए। उनीहरूको उपस्थिति साँस्कृतिक आदान-प्रदान र अन्तर्राष्ट्रिय मित्रता प्रवर्द्धन गर्ने एक महत्वपूर्ण पक्ष बन्यो।
इङ्गल्याण्डका डेपुटी हाई कमिस्नर डा एन्ड्र्यु फ्लेमिङले फिट इण्डिया आन्दोलन र मर्निङ मैदान ओलम्पिक्सको प्रशंसा गर्दै यसले युवा पुस्तामा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने बताए। उनले भने, “यस्ता पहलहरूले बालबालिकालाई अध्ययन र शारीरिक गतिविधिबीच सन्तुलन कायम गर्न प्रेरित गर्छ, जसले अनुशासन, टीम वर्क र खेलभावनाको विकास गर्छ।” उनले भारत सरकारले खेल प्रवर्द्धनमा देखाएको सक्रिय भूमिकाको सराहना गर्दै भने, “यो केवल उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यमा सीमित छैन, बरु स्वस्थ, खुसी, र बलियो पुस्ता निर्माण गर्ने दीर्घकालीन प्रयास हो।” टेक्नो इण्डियाका सीआईओ तथा ‘मेक कलकत्ता रिलिभेन्ट अगेन’का संस्थापक मेघदुत रोय चौधरीले फिट इण्डिया मर्निङ मैदान ओलम्पिक्सले कोलकाताको ऐतिहासिक मैदानको भावना र संस्कृति सुन्दर रूपमा प्रतिनिधित्व गरेको बताए। उनले भने, “मैदान केवल खेल्ने ठाउँ मात्र होइन, यो कोलकाताका मानिसहरूको भावना हो। यहीँ मित्रता गाँसिन्छ, सपना पछ्याइन्छ, र खेलको प्रेम मनाइन्छ।” उनले आधुनिक पुस्तामा मोबाइल स्क्रिनमा निर्भरता बढ्दै गइरहेको सन्दर्भमा यस्ता प्रतियोगिताहरू मैदानको चहलपहल जिवन्त राख्न र कोलकाताको समृद्ध खेल संस्कृतिलाई अघि बढाउन अति आवश्यक रहेको उल्लेख गरे।


फ्युचर होपकी सीईओ सुजाता सेन र खेलो रग्बीका संस्थापक पल वाल्शले कार्यक्रमको हिस्सा हुन पाउँदा निकै खुसी लागेको बताए। सुजाता सेनले भनिन्, “यो केवल प्रतिस्पर्धा मात्र होइन, बरु बालबालिकाहरूलाई फिटनेस र खेललाई जीवनशैलीका रूपमा अपनाउन प्रेरित गर्ने अवसर हो।” वाल्शले थपे, “यो कार्यक्रम युवा खेलाडीहरूलाई खेल मार्फत सिक्न, बढ्न, र जीवनमा अगाडि बढ्न ठूलो अवसर दिन्छ।” एसएआईका डेपुटी डाइरेक्टर जर्नेल श. सत्यजीत संकृतले सहभागी बालबालिकाहरूलाई उत्कृष्ट प्रदर्शनका लागि बधाई दिँदै पदक विजेताहरूलाई सम्मान गरे। उनले सबै सहभागीहरू, स्वयंसेवकहरू, साझेदार संस्थाहरू, र विशिष्ट अतिथिहरूलाई धन्यवाद दिँदै कार्यक्रमलाई सफल बनाउने सबैको योगदानको प्रशंसा गरे। फिट इण्डिया मर्निङ मैदान ओलम्पिक्स फिटनेस, टीमवर्क, र खेलभावना प्रवर्द्धन गर्ने एउटा अद्वितीय प्रयास बन्यो, जसले युवा खेलाडीहरूलाई स्वस्थ र सक्रिय जीवनशैली अपनाउन प्रेरित गर्योध। यस कार्यक्रमले कोलकाताका जनताबीच खेलप्रेम र ऐतिहासिक मैदानको महत्त्वलाई पुनः उजागर गर्दै समुदायलाई एकत्रित गर्ने कार्य गर्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement