कोलकाता कमिक कनको शुरुरुवात, पप कल्चरको उर्जाले झल्कियो शहर

IMG-20250224-WA0204

कोलकाता: क्रन्च्यरोलद्वारा प्रस्तुत मारुति सुजुकी एरेना कोलकाता कमिक कनको पहिलो संस्करणले भव्य सुरुवात गर्दै शहरलाई पप कल्चरको अनौठो चमकले उज्यालो बनायो। पहिलो पटक, कमिक कन इण्डिया कोलकातामा आयोजना गरियो, जसले शहरमा कमिक्स, एनीमे, मंगा, गेमिङ र उच्च स्तरको कोस्प्लेको अद्भुत उत्सव भित्र्यायो। ३०,००० भन्दा बढी आगन्तुक र ३,००० भन्दा बढी कोस्प्लेयरहरूसँग, यो इभेन्ट एउटा भव्य दृश्य अनुभव बन्यो। वन्डर वुमन, हार्ले क्विन, जोकर, ब्याटम्यान जस्ता क्लासिक कमिक पात्रदेखि स्पाइडरम्यानका विभिन्न रूपहरू, जुजुत्सु कैसेन र डेमन स्लेयरका लोकप्रिय पात्रहरू नेज़ुको, तोजी, चोसो लगायतका एनीमे क्यारेक्टरहरू तथा डेडपुलको बोंगपुल भेरिएसन र बंगाली ग्रूम स्पाइडरम्यान जस्ता सिर्जनात्मक ट्विस्टसहितका कोस्प्लेयरहरूले कार्यक्रमलाई झनै आकर्षक बनाए।
कोलकाता कमिक कनले कमिक बुक जगतका ठूला नामहरूलाई पनि शहरमा भित्र्यायो। प्रशंसकहरू प्रख्यात आर्ची कमिक्स लेखक बिल गोलिहर र न्यूयोर्क टाइम्सका बेस्टसेलर लेखक जन लेम्यानसँग प्रत्यक्ष भेट्ने अवसर पाए। उनीहरूले विशेष प्यानल र इन्टरएक्टिभ सेसनमार्फत आफ्ना रचनात्मक यात्राका अनुभव र ज्ञान बाँडे।


भारतका चर्चित हास्य रचनाकारहरू जस्तै अभिजीत किनी स्टुडियोज, बुल्सआई प्रेस, इंडसवर्स, बाकरम्याक्स, आर्ट अफ सेवियो, करपोरेट, अक्षरा अशोक, सौमिन पटेल, प्रसाद भट्ट, सूफी कमिक्स, लिलोरोश, राजेश नागुलाकोंडा, याली ड्रीम क्रिएशन्स, अर्बन टेल्सजस्ता स्टुडियोहरू तथा बंगाली कलाकारहरू हर्षो मोहन चट्टोराज र अनिरुद्ध चक्रवर्तीको उपस्थितिले कोलकाताको कलात्मक पहिचानलाई थप बलियो बनायो। कार्यक्रमको उत्साहलाई थप उचाइमा पुर्यालउँदै, चर्चित कमेडियन बिस्वा कल्याण रथले आफ्नो प्रस्तुतिबाट दर्शकहरूलाई हसाए। ‘द इन्टरनेट सेड सो’ टिमका वरुण ठाकुर, कौतुक श्रीवास्तव र आदर मलिकले आफ्नो लाइभ पोडकास्टमार्फत मनोरञ्जन थपे। रोहन जोशी र सपन वर्माले हँसाउने क्रमलाई निरन्तरता दिए भने, अज़ीम बनतवालाले आफ्नै शैलीको हास्य प्रस्तुत गरेर दर्शकहरूलाई लोभ्याए। सङ्गीत प्रेमीहरूका लागि द गीक फ्रुट ब्याण्ड र डेसिबलले शानदार प्रस्तुति दिए, जसले दुई दिनसम्म चलेको यो उत्सवलाई कोलकाताका पप संस्कृति पारखीहरूका लागि वर्षकै सर्वश्रेष्ठ सप्ताहन्त बनायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement