सिलगढी: बङ्गरत्न पुरस्कारले सम्मानित चर्चित टेबल टेनिस खेलाडी तथा प्रशिक्षक भारती घोषको निधन भएको छ।
उनी ८३ वर्षकी थिइन् र लामो समयदेखि उमेर सम्बन्धी रोगबाट पीडित थिए। सिलगढीको एक निजी नर्सिंग होममा उनको उपचार भइरहेको थियो।
उनको निधनले सिलगढी टेबल टेनिस लगायत खेल जगतमा शोकको लहर छाएको छ।