वनडे-मा १४,००० रनको साथ किंग कोहलीको रेकर्ड

IMG-20250224-WA0143

दुबई: भारतीय क्रिकेट टीमका स्टार ब्याटर विराट कोहलीले आइतवार पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको म्याचको अवधि अविजित शतकको साथ टीमलाई जिताउनको साथै इतिहास रचे। कोहली वनडे इण्टरनेशनल क्रिकेटमा सबैभन्दा तेज १४,००० रन पूरा गर्ने क्रिकेटर बनेका छन्। उनले यस मामिलामा भारतकै महान ब्याटर सचिन तेन्दुलकरको रेकर्ड तोड़े। सचिनले ३५० वटा ईनिंग्समा आफ्नो १४,००० वनडे रन पूरा गरेका थिए जबकि कोहलीले केवल २८७ वटा ईनिंग्समा यस उपलब्धिलाई हासिल गरे। यस सूचीमा तेस्रो स्थानमा रहने श्रीलंकाका कुमार संगकाराले ३७८ वटा ईनिंग्समा १४००० वनडे रन बनाएका थिए। वनडे इण्टरनेशनल क्रिकेटमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा कोहलीभन्दा अघि केवल सचिन (१८२३४ रन) र संगकारा (१४२३४ रन) रहेका छन्। आइतवार कोहलीलाई यस आँकड़ासम्म पुग्न १५ रनको आवश्यकता थियो अनि उनले ईनिंग्सको १३औं ओभरमा हारिस रऊफको बलिंगमा चौका लगाएर यस माईलखुट्टीलाई पार गरे। उनले सेप्टेम्बर २०२३-मा पाकिस्तानविरुद्ध नै कोलम्बोमा एशिया कपको अवधि १३००० वनडे रन पूरा गरेका थिए। कोहलीले आइतवार आफ्नो रेकर्ड ५१औं वनडे शतक बनाए। खेलको यस प्रारूपमा कोहलीले जति शतक अन्य कसैले बनाएका छैनन्। सचिन ४९ वटा शतकको साथ दोस्रो स्थानमा रहेका छन्। कोहलीले २०२३ वनडे वर्ल्ड कपको अवधि न्यूजील्याण्डविरुद्ध म्याचमा शतक बनाएर सचिनको ४९ वटा शतकको रेकर्ड तोड़ेका थिए। कोहलीले अहिलेसम्म वनडे इण्टरनेशनलमा २९९ वटा म्याचको २८७ वटा ईनिंग्समा ५८.२०-को औसतले १४०८५ रन बनाइसकेका छन्। यसमा ५१ वटा शतक र ७३ वटा अर्द्धशतक सामेल छ। यसरी कोहलीले आइतवार वनडे इण्टरनेशनलमा सर्वाधिक क्याच लिने पूर्व कप्तान मोहम्मद अजहरुद्दीनको भारतीय रेकर्ड पनि तोड़े। अजहरुद्दीनले १९८५-देखि २०००-बीच आफ्नो करियरमा ३३४ वटा म्याच खेलेर १५६ वटा क्याच लिएका थिए। यसरी कोहलीको नाममा यस प्रारूपमा १५८ वटा क्याच रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement