स्पेनिश ला लीगाःरियल म्याड्रिड र एथलेटिक क्लबको जीत

IMG-20250224-WA0137

म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा दुईवटा ड्र पछि अन्तमा गएर आफ्नो म्याच जित्यो। यसरी एथलेटिक क्लबले पनि गोलको वर्षा गरेर ट्रफी जित्न् सम्भावनालाई कायम राख्यो। आइतवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन रियल म्याड्रिडले गिरोनालाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६४ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडले दुवै हाफको अन्तिम समयमा १-१ गोल छिरायो। अनुभवी लुका मोड्रिचले होम टीमलाई ४१औं मिनटमा बढ़त दिलाए। त्यसपछि विनिसियस जूनियरले ८३औंं मिनटमा गोल गरी रियलको जीत सुनिश्चित गरे। यस जीतको साथ रियल म्याड्रिड २५ वटा म्याचमा ५४ पोइण्ट्सको साथ ला लीगा टेबलको दोस्रो स्थानमा रहन पुग्यो। रियलको समान ५४ पोइण्ट्स रहे पनि बार्सिलोना गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ। यसरी १२औं स्थानमा रहने गिरोनासँग ३१ पोइण्ट्स रहेको छ।


यसरी एथलेटिक क्लबले भाल्लाडोलिडलाई ७-१-ले पिट्यो। मीडफिल्डर स्टांको जूरिचले ५६औं मिनटमा रेड कार्ड देख्दा भाल्लाडोलिडले रहल समयमा १० जना खेलाड़ीको साथ खेल्नु पऱ्यो। यस मौकाको फाइदा उठाउँदै मध्यान्तरसम्म ४-०-ले अघि रहने एथलेटिक क्लबले दोस्रो हाफमा अझ ३ गोल गऱ्यो। विजेता टीमबाट निको विलियम्सले ३५औं र ६६औं मिनटमा २ गोल गरे। यसबाहेक मिकेल जाउरेगिजार, मारोआन सान्नादि, ओइहान साञ्चेट, गोर्का गुरुजेटा र इनाकी विलियम्सले पनि १-१ गोल गरे। यसरी भाल्लाडोलिडबाट मामाडोउ साइलाले ४७औं मिनटमा गोल गरे। यस जीतको साथ एथलेटिक क्लब ४८ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। रियल सोसिएदादले पनि लेगानीसविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल सोसिएदादबाट अर्सेन जाखारयानले १२औंं, टाकेफुसा कुबोले ४८औं र जन एण्डर ओलासागास्तीले ८०औं मिनटमा गोल गरे। यस जीतको साथै रियल सोसिएदाद ३४ पोइण्ट्सको साथ आठौं स्थानमा पुग्यो। अन्य एउटा म्याचमा रियल बेटिसले गेटाफेलाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement