नक्सलबाड़ीमा कुम्भ तीर्थयात्रीको गाडी दुर्घटना

IMG-20250224-WA0121

१ जनाको मृत्यु, १२ घाइते

सिलीगुड़ी: कुम्भ मेलाका लागि असमबाट प्रयागराज जाँदै गरेको तीर्थयात्रीको गाड़ी सिलगढी संलग्न नक्सलबाड़ीमा दुर्घटनाग्रस्त भएको छ।
पिकअप भ्यान र लरी एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन्। यो घटना बिहान करिब ६ बजे नक्सलबाड़ीको सातभैया क्षेत्रमा भएको हो।
नक्सलबाड़ी पुलिस चौकीका कर्मचारीहरु तुरुन्तै घटनास्थल पुगेर घाइतेहरुलाई उद्धार गरी उनीहरुलाई नक्सलबाड़ी अस्पताल पुर्याए।
पछि घाइतेहरुको अवस्था गम्भीर भएकाले उनीहरुलाई उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल लगिएको थियो
लगियाे।


यस घटनामा एक तीर्थयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेको पहिचान असम निवासी निरञ्जन सरकार (३५) को रुपमा भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement